नेपाली श्रमिकको आवाज सुन्न मलेसिया पुगे अध्यक्ष लिङ्देन

news-details

पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया पुगेका छन् । शुक्रवार बिहान मलेसिया उत्रिएका अध्यक्ष लिङ्देनको स्वागतमा राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विमान स्थलमा स्वागत गरेका छन् ।

नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउन मलेसिया पुगेका लिङदेनले नेपाली श्रमिकहरुसँग भेटघाट तथा छलफल गर्ने जनाएका छन् ।

जनवरी ७ तारिख आइतबार नेपाली प्रवासी एकता समाज मलेसियाको दोश्रो अधिवेशन क्वालालाम्पुरमा रहेको ग्राण्ड कन्टिनेन्टल होटल हुँदैछ । मलेसिया रहेका नोलीहरुको समस्या तथा सुझावहरु संकलन गरि सदनमा पुय्राई समस्या समाधान तथा न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष योगेन्द्र कुंवरले जानकारी दिए ।

कार्यक्रमको लागि पानासका आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य तोयानाथ लाम्साल र लोक नाथ तिवारी मलेसिया पुगिसकेका छन् ।

कार्यक्रमको अन्तिम तयारी सकिएको आयोजकले बताएकोछ । कार्यक्रममा मलेसियाको सबै राज्यबाट राष्ट्रबादी तथा पार्टीका आस्थावान नेपाली दाजुभाइ दिदिबहिनीहरुको उल्लेख्य उपस्थितिका लागि आह्वान आयोजकले गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *