मलेसिया जाँदै पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेन

news-details

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र लिंदेन मलेसिया जाने भएका छन् । मलेसियामा रहेका नेपालीहरुसँग अन्र्तक्रिया गर्नका लागि उनी मलेसिया उड्न लागेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सञ्जाललाई विस्तार गर्दै विभिन्न देशको भ्रमण गरिरहेका अध्यक्ष लिंदेनले मलेसियामा आगामी जनवरी ७ तारिख आइतवार कार्यक्रम गर्दै छन् ।

प्रवासी नेपाली एकता समाज (पानस)ले आयोजना गर्ने कार्यक्रममा मलेसियामा रहेका श्रमिक तथा नेपाली कामदारहरुसँग अन्तरङ्ग छलफल गर्नुका साथै अध्यक्ष लिंदेनले विशेष संवोधन गर्ने जनाइएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको होटल ग्राण्ड कन्टिनेन्टलमा दिउँसो १२ः३० बजेदेखि हुने कार्यक्रमका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पुर्वउपप्रधानमन्त्री लिंदेनलाई भेटघाट तथा छलफलका लागि मलेसियामा रहेका नेपालीहरुलाई उपस्थित हुन प्रवासी नेपाली एकता समाजका अध्यक्ष योगेन्द्र कुँवरले आह्वान गरेका छन् ।

वैदेशिक रोजगारको प्रमुख गन्तब्य देश मलेसियामा अध्यक्ष लिंदेनको भ्रमणलाई केही अर्थपुर्णरुपमा हेरिएको छ । श्रमिकहरुको समस्यालाई नजिकबाट बुझने र उनीहरुको समस्या समाधानमा सरकारलाई केही ठोस कदम चाल्न पहदमदमी होस् भन्ने अपेक्षा छ ।

अध्यक्ष लिंदेनको उपस्थितिमा प्रवासी नेपाली एकता समाजले नयाँ नेतृत्व चयन गर्ने समेत जनाइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *