नेपाल व्यवसायी संघ कतार अधिबेशन: डिसेम्बर मसान्तसम्म सदस्यता नविकरण गर्न आग्रह

news-details

नेपाल व्यवसायी संघ कतारले आगामी २६ जनवरी २०२४ मा गर्ने दोस्रो राष्ट्रिय अधिवेशनका लागि तयारी तीब्र बनाएको छ । संघले आफ्ना सदस्यलाई समयमा नै सदस्यता नविकरण गर्न तथा नयाँ सदस्यता लिन इच्छुक कतारवासी व्यवसायीलाई डिसेम्बर मसान्तभित्र लिइसक्न अनुरोध गरेको छ ।

कतारमा व्यवसाय गरिरहेका व्यवसायीहरुको साझा संस्था भएकाले सबै व्यवसायीलाई आवद्ध गराउनका लागि पहल भइरहेको संघका अध्यक्ष महेन्द्रप्रसद चम्लागाईले जानकारी दिए ।

‘संघको सदस्यता लिन ईच्छुक कतारवासी व्यवसायीज्यूहरूले आगामी डिसेम्बर मसान्त (३१ डिसेम्बर, २०२३) भित्रमा २०२४–२०२८ कार्यकालका लागि सदस्यता लिनुहुन साथै बहालवाला सदस्यज्यूहरूले समेत उक्त ३१ डिसेम्बर भित्र नवीकरण गरिदिनु हुन् अनुरोध गर्दछौ’ संघले एक सुचना नै निकालेर जानकारी गराएको छ ।

संघको आगामी सन् २०२४–२०२८ कार्यकालका लागि कार्यसमिती चयन संयोजकमा संघका उपाध्यक्ष तथा एनआरएनए आईसीसी पुर्वउपाध्यक्ष नरेन्द्र भाटलाई मनोनित गरिसकेको छ ।

अधिवेशन तयारी समिती संयोजक संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाई र उप–संयोजकमा सल्लाहकार शंकर प्रसाद न्यौपाने चयन भएका छन् । कतार सरकारमा आधिकारिक दर्ता भएको संघले कतारमा रहेका नेपाली व्यवसायीको हकहित तथा नेपाल–कतारबीच लगानी बढाउने कार्य गर्दै आएको छ ।

संघले कतारमा रहेका व्यवसायीहरुलाई एकताको शुत्रमा बाध्ने र अधिबेशन सफल बनाउनका लागि तयारी शुरु गरिएको अध्यक्ष चम्लागाईको भनाई छ ।

संघले भर्खरै मात्र महाविर पुनद्वारा सन्चालित राष्ट्रिय आविष्कार केन्द्र वीरगंजमा आवश्यक सहयोग गर्ने निणर्य गरेको छ । संघकै संयोजनमा कतारमा भइरहेको ‘एक्स्पो २०२३ दोहा कतार’ मा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गरिमा उच्च बनाइरहेको छ ।

संघले भूकम्पमा, कोरोना महामारी तथा नेपाललाई आवश्यक परेको बेला सहयोग गर्दै आएको छ भने नेपाल र कतारको व्यवसायिक सम्बन्ध विस्तारमा महत्वपुर्ण कार्य गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *