संखुवासभा समाज कतारद्वारा आगलागी र भूकम्प पीडितलाई आर्थिक सहयोग

news-details

संखुवासभा समाज कतारले आगलागी र भूकम्प पिडितलाई आर्थिक सहयोग गरेको छ। गत कार्तिक १७ गते संखुवासभाको चिचिला गाउपालिका वार्ड १ चनौटेका डेगराज राईको हुँदा घर पूर्णरुपमा क्षति भएको र केहि आर्थिक सहयोग होस् भनेर समाजको तर्फबाट ४८ हजार ६६१ रुपैया सहयोग गरिएको समाजका महासचिव पदम प्रसाद सिम्खडाले जानकारी दिए।

महासचिव सिम्खडाका अनुसार सानो सहयोग स्वरुप केहि रकम भएपनि मलम पट्टी होस् भन्ने हेतुले संखुवासभा समाज कतारको समन्वयमा यहाँ कार्यरत संखुवासभाली दाजुभाई तथा दिदीबहिनीहरु बाट संकलित रकम घरबार बिहिन राईको परिवारलाई पठाईएको हो ।

यसैगरी समाजले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी घाइते तथा घर पुनः निर्माणको लागि पनि आर्थिक सहायोग उपलब्ध गराएको उनले बताए। गैरआवासीय नेपाली संघ (एनआरएनएन) कतार मार्फत प्रधानमन्त्री राहत कोषमा ९ हजार आर्थिक सहायोग गरिएको उनले बताए।

समाजले भाबी कार्ययोजना बनाएर अघि बढ्ने र बिश्वको २७ देशहरुमा संखुवासभा समाजको स्थापना भएपनि सक्रिय रुपमा रहेको समाज कतारकै भएको उनले बताए । संखुवासभालीको पहिचान बिश्व सामु चिनाउने हाम्रो अभियान भन्ने मूल नाराका साथ २०१६ मा स्थापना भएको समाजले संखुवासभा जिल्लामा विभिन्न आपत बिपतमा परेका जिल्लाबासीहरुलाई पनि समय/समयमा सहयोग गर्दै आएको छ ।

समाज गत असार २ गते संखुवासभा चैनपुर नगरपालिकास्थित हेवाखोलामा आएको बाढीका कारण बेपत्ता भएका ५ जनाको परिवारलाई समाजले प्रति परिवार ४३ हजार रुपैयाका दरले जम्मा २ लाख १५ हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *