रमजान मिँयाले पाए ग्लोबल पीस चेन अमेरिकाबाट शान्ति दूतको उपाधी

news-details

लेखक तथा अरबी साहित्यकार प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई अमेरिकी संस्था ग्लोबल पीस चेनले शान्ति दूतको उपाधी प्रदान गरेको छ ।

कतारमा कर्मथलो बनाइरहेका रमजानलाई कतारमा रहेर नेपाली समुदायमा हार्दिकता, मेलमिलाप एवं उत्कृष्ट मानवीय तथा सामाजिक कार्य गरेको ठहर गर्दै शान्ति दूतको उपाधी प्रदान गरेको हो ।

लामो समयदेखि कतारमा रहेर मानव अधिकारको क्षेत्रमा काम गरेका रमजानले ‘मैले देखेको कतार’ पुस्तक लेखेर चर्चा कमाएका छन् । कतारबाट शान्ति दूतमा छनौट हुने रमजान एक्ला हुन् ।

ग्लोबल पिस चेनको सेलेक्सन कमिटीले रमजानलाई सामाजिक कार्य गर्दै शान्ति कायम राख्न र समाजमा गरेको कार्यको मुल्यांकन गर्दै शान्ति दूतको उपाधी प्रदान गरको अक्सा हमीदी र कामरान जफरद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाताका रुपमा रमजान क्रियाशील छन् । राष्ट्रिय मानव अधिकार समिति कतारमा आवद्ध रमजानले समस्यामा परेका हजारौ नेपालीहरुकोे पक्षमा काम गरिरहेका छन् ।

काठमाडौंको डाँछीमा जन्मिएका रमजानले पाकिस्तानबाट उच्च शिक्षा हासिल गरेका हुन् । बिगत १५ वर्षदेखि कतारलाई कर्मथलो बनाइरहेका मियाँका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जन किताब प्रकाशित छन् । उनी फारसी, मलेसियन, पस्तु, नेपाली, अंग्रेजी र हिन्दी भाषाका ज्ञाता हुन् ।

कतारमा बिभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग र उद्धारको काममा उनले योगदान पु¥याउँदै आएका छन् । उनी छिटै नै कतार बसाईको अनुभव समेटेर लेखिएको पुस्तक ‘मैले देखेको कतार’को अंग्रेजी र अरबी संस्करण सार्वजनिक गर्ने तयारीमा छन् ।

आगामी वर्ष जनवरी २२ देखि २५ सम्म कतारको दोहामा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना हुने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *