एनआरएनएका शर्मा नेतृत्वको टोलीद्वारा जाजरकोट र रुकुम पश्चिममा राहत हस्तान्तरण

news-details

गैरआवासीय नेपाली संघका आरके शर्मा नेतृत्वले भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् । मंगलबार शर्मासहित गंगाधर गौतम, राज रेग्मी, बुद्धिसागर सुवेदी, लोक दाहाल, चिन्तामणि सापकोटा, संयोजक गीता खनाल, पूर्व अध्यक्ष रविना थापा, पूर्व उपाध्यक्ष नरेन्द्र भाट, ओम शर्मा, शनिकुमार ओलीले जाजरकोटको नलगाड नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

नलगाड नगरपालिकाका निमित्त प्रकाशकीय अधिकृत बलवीर बिकलाई त्रिपाल ५०० थान, म्याट्रेस २००० मिटर, ब्ल्याङ्केट ७५० थान र चामल ५० बोरा हस्तान्तरण गरिएको शर्माले जानकारी दिए । सरकारको एकद्वार नीतिअनुसार एनआरएनएले उक्त स्थानीय तहलाई राहत सामगी हस्तान्तरण गरेको बताइएको छ । उक्त राहत सामग्री स्थानीय तहले आवश्यकताका आधारमा वितरण गर्नेछ । शर्मा नेतृत्वको टोलीले अन्य राहत सामगी रुकुम पश्चिमसहितका भूकम्प प्रभावित क्षेत्रमा बाँड्ने बताइएको छ ।

शर्मा नेतृत्वको एनआरएनएले आइतबार काठमाडौँबाट ट्रकमा लोड गरेर राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको थियो भने शर्मासहितका एक टोली सोमबार नेपालगन्ज हुँदै प्रभावित क्षेत्रमा पुगेको हो। प्रभावित क्षेत्रमा जाने क्रममा टोलीले सोमबार नै भेरी अञ्चल अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरुसँग पनि भेटवार्ता गरेको थियो भने केही आर्थिक सहयोग समेत गरेको थियो ।

राहत सामग्री बुझ्दै निमित्त प्रशासकीय अधिकृत बिकले नगरपालिकाका १३ वटै वडामा भूकम्पले क्षति पुर्याएको बताए । नगरपालिकामा अधिकांश घर ढुंगामाटोले बनेको ३५ सयको हाराहारीमा घरधुरी प्रभावित भएको जानकारी दिए । उनका अनुसार नगरपालिकामा घरधुरी संख्या ५ हजार ९९२ रहेकामा त्यसको लगभग ९० प्रतिशत घरहरु बस्न नमिल्नेगरी क्षति भएका छन् ।

‘तत्कालका लागि उद्धारको कार्य सम्पन्न भएको छ । नगरपालिकामा १४ जनाको मृत्यु भयो । ६८ जना घाइते भएका छन्’, उनले भने, ‘अझै पनि ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अब राहतको सवालमा पाल, न्यायो कपडालगायतको आवश्यकता रहेको उनले बताए ।

भूकम्पलगत्तै आकस्मिक बैठक बसेर शर्मा नेतृत्वको एनआरएनएले १० करोडको कोष बनाउने निर्णय गरेको थियो । जसअनुसार तत्काल भूकम्प पीडितलाई सघाउने निर्णयअनुसार आरके शर्माले २१ लाख, बुद्धि सुवेदीले १९ लाख, डा केशव पौडेलले १ लाख, ठाकुर ढुंगानाले १७ लाख, अब्दुल बासिदले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी कुल आचार्यले ५ लाख ५५ हजार ५५५, दयानिधि सापकोटाले १ लाख, खगेन्द्र न्यौपानेले ५ लाख ५ हजार, लोक दाहालले ५ लाख, तिलक गैरेले ४० हजार, कृष्णजिवी पन्तले २ लाख १११, गोविन्द श्रेष्ठले ३ लाख, अनुप खनालले ५१ हजार, भवानी तिवारी ५० हजार, सघर्षशिल केसीले ३३ हजार ३३३, चित्र सुवेदीले १ लाख, नारायण आचार्यले ५० हजार, देविका केसीले ५५ हजार ५५५, गंगाधर गौतमले १ लाख, हेम पाण्डेले ७५ हजार,
विजय मोक्तानले ५० हजार, महेन्द्र बस्नेतले ३० हजार, बालकृष्ण मरासिनीले २५ हजार, गंगा भुुषालले ५१ हजार, गीता खनालले ५० हजार र सरिता भण्डारीले ५० हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *