फिने हङकङको अध्यक्षमा डिके दाहाल निर्वाचित, ५ लाख डलरको फण्ड बनाउने

news-details

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ हङकङको अध्यक्षमा युवा व्यवसायी डिके दाहाल निर्विरोध निर्वाचित भएका छन् ।

२ बर्ष अगाडि स्थापना भएको फिने हङकङले आफ्नो साधारण सभाबाट दाहाललाई अध्यक्ष चयन गरेको हो । सफलतापुर्वक आफ्नो कार्यकाल सम्पन्न गरेर आकाश बञ्जराले नेतृत्व दाहाललाई सुम्पिएका छन् ।

युवा व्यवसायीहरुको सञ्जालको रुपमा विकास भइरहेको फिनेले नयाँ युवा व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै सहयोग प्रदान गर्ने जनाइएको छ । फिनेले आईडिया र लगानीको बिचमा जोड्ने पुलको काम गर्ने उद्धेश्य राखेको छ ।

आफ्नो २ बर्षे कार्यकालमा तन मन बचन र धनले साथ दिनेलाई निवर्तमान अध्यक्ष बञ्जराले धन्यवाद दिएका छन् ।

अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्ष स्वतन्त्र प्रताप शाह, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष दाहालले युवा उद्यमीलाई आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने जानकारी दिए । उनका अनुसार कार्यक्रमकै दिन एक लाख ६२ हजार डलर संकलन भएको र उक्त पैसा नव उद्यमीहरुका लागि लगानी गरिनेछ । उनले ५ लाख डलरको फण्ड बनाएर लागानी गर्ने बताएका छन् ।


नवनिर्वाचित पदाधिकारी

डिके दाहाल,अध्यक्ष

विश्वनाथ घिसिङ, उपाध्यक्ष

इन्दर पुन, उपाध्यक्ष

सुरेश थापा, सचिव

लक्ष्मी गुरुङ, कोषाध्यक्ष

सुहानी पुन, सह–कोषाध्यक्ष

मनिस लिम्बू, सदस्य

अशोक गुरुङ, सदस्य

निर्मल अर्याल, सदस्य

जिभान्त खत्री,सदस्य

विष्णु गैरे, सदस्य

सुप्रभा महरा, सदस्य

योगेन्द्र गिरी, सदस्य

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *