ओमानमा समस्यामा परेका राजबंशीलाई नेपाल किराँत समाज ओमानको सहयोग

news-details

ओमानमा समस्यामा परेका झापाका सुवास गणेश राजबंशीलाई नेपाल किराँत समाज ओमानले एकतर्फी हवाई टिकट उपलब्ध गराए स्वदेश फर्किन सहयोग गरेको छ ।

राजबंशी केहि बर्ष अघि ड्राईभरको कामको लागि ओमानको सुर भन्ने ठाउँमा आएका थिए । उनले केहि समय काम गर्दा करार अनुसारको काम, सुविधा र तलव नपाए पछि स्थानिय लेवरकोर्टमा मुद्धा हालेर निर्णय पर्खेर बसेका थिए । लामो समयसम्म पनि आफ्नो पक्षमा निर्णय नआएको र अझै समय लाग्ने भएकाले उनी बेरोजगार रहँदा समस्यामा परेका थिए ।

नेपाल किराँत समाज ओमानको सम्पर्कमा आएर स्वदेश फर्कने इच्छा व्यक्त गरेपछि उनलाई समाजले हवाई टिकट सहयोग गरेको हो ।
नेपाल किराँत समाज ओमानले नेपाली राजदुतावास ओमानसँग समन्वय गरेर सम्वन्धित निकाय र कम्पनीमा छलफल गरि तिर्नुपर्ने सम्पूर्ण फाइनहरु मिनाह गराई ५ सेप्टेम्वरका दिन राजबंशी स्वदेश फर्किएका हुन् ।

नेपाल किराँत समाज ओमानले टिकट सहयोगको लागि आन्तरिक रुपमा सदस्यहरुलाई सहयोगको अपिल गरेको थियो र समाजका सम्पुर्ण सहयोगी हातहरुलाई अध्यक्ष याम थक्लेन लिम्वुले बिषेश धन्यवाद व्यक्त गरेका छन् ।

नेपाली दुतावास ओमानले पनि तदारुक्ता साथ काम अघि बढाई पीडितलाई नेपाल पठाउन सहयोग गरेकामा प्रसंसा गरेको छ । उता दुतावास प्रति पनि नेपाल किराँत समाज ओमानको अफिसियल फेसबुक पेज मार्फत कृतज्ञता व्यक्त गरेको छ । किराँत समाजले पिडितलाई बिमानस्थल देखि घर सम्मको यात्राको लागि केही नगद रकम पनि सहयोग गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *