ओमानमा अलपत्र एक नेपालीलाई किराँत समाजको सहयोगमा स्वदेश फर्काइयो

news-details

ओमानमा अलपत्र एक नेपाली युवालाई किराँत समाज ओमानको सहयोगमा स्वदेश फर्काइएको छ ।

१४ महिना अघि ओमानको युनाईटेड क्याटरिङ्ग कम्पनीमा काठमाण्डौंको वल्र्डवाइज म्यानपावरमाफर्त आईपुगेका गाईघाट–०२, उदयपुरका प्रेम कुमार राईलाई किराँत समाज ओमानले सहयोग गरेर स्वदेश पठाएको हो ।

राईलाई ओमान ल्याउने कम्पनीे भनेको काममा लगाउन नसकेपछि अर्को कम्पनीमा काममा पठाएको थियो । उक्त कम्पनीले सुरुको १० महिनासम्म पारिश्रामिक र सेवासुविधा उपलब्ध गराएपनि त्यसपछि मासिक तलव नदिदा र खाने बस्ने व्यवास्थासमेत नगरिदिदा राई अलपत्र परेका थिए । यसबीचमा बिभिन्न साथीहरुको सहयोगमा तथा यदाकदा दैनिक ज्यालादारी काम गरेर उनले जीबिकोपार्जन गरिरहेका थिए ।

कम्पनीको मालिकलाई नेपाल फर्काइदिन अनुरोध गर्दा आफ्नै खर्चमा फर्कन भन्दै मानसिक तनावसमेत दिएपछि राईले नेपाल किरात समाजसँग सम्पर्क गरी स्वदेश फर्काउन सहयोगका लागि आग्रह गरेका थिए । राईको अनुरोधपछि समाजका पदाधिकारी एवम् सदस्यहरुले स्वतः स्र्फुत रुपमा सहयोग गरेका हुन ।

समाजका सचिव गोपाल राईले ओमान नेपालको एकतर्फि टिकट सहयोग गरेका थिए भने अन्य सदस्यहको ने.रु ५८९५३÷– संकलन गरि पिडित राईलाई सहयोगस्वरुप हस्तान्तरण गरेका थिए ।
नेपाल किराँत समाज ओमानका सम्पूर्ण सहयोगीहरुलाई समाजका अध्यक्ष याम लिम्वु थक्लेन (लुङ्गा) ले बिषेश धन्यवाद व्यक्त गरेका छन् । यसप्रकारको सहयोगले सामाजिक कार्यमा थप हौसला पुगेको अध्यक्ष लिम्वुले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *