प्रबासी नेपाली मञ्च युएईको आबुधाबी राज्य कमिटीको अध्यक्षमा कार्की
- बैशाख ११, २०८०
- 0

प्रबासी नेपाली मञ्च युएईको आबुधाबी राज्य कमिटीको दशौ अधिबेशनले देवराज कार्कीको अध्यक्षतामा सर्वसम्मतले १५ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
अधिवेशनमा आयोजक कमिटीका संयोजक नारायण के.सि.को अध्यक्षता, प्रबासी नेपाली मञ्च युएईका अध्यक्ष टंक गुरुङको प्रमुख आतिथ्यता तथा मञ्चका मध्यपूर्ब सदस्य कृष्ण आचार्य, मञ्चका मध्यपूर्ब कमिटीका सल्लाहकार संयोजक श्याम पाठक, मञ्चका युएई राष्ट्रीय कमिटीका उपाध्यक्ष याम ब. पुरकोटी, राष्ट्रिय कमिटि सचिव बाबुराम सापकोटा, मञ्चका पूर्बअध्यक्ष प्रकाश कोइराला, मञ्चका अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, सारजाह राज्य कमिटीका अध्यक्ष सुमन भन्डारी, युबा मञ्चका अध्यक्ष गोकुल कुइकेल र सचिब प्रेम बहादुर अधिकारी, मञ्चको अन्तर्राष्ट्रिय कमिटी महिला बिभाग सदस्य रमुना बस्नेत, महिला सशक्तीकरण बिभाग सदस्य रेखा पराजुली, मध्यपुर्ब महिला बिभाग सदस्य कबिता पुन, मञ्चका राष्ट्रिय कमिटि सदस्य तथा दुवई राज्यका इन्चार्ज बाबुराम बराइली र राष्ट्रिय कमिटि सदस्य तथा आवुधावी राज्य कमिटि इन्चार्ज शिवजंग गुरुङ लगायत युएईका हरेक राज्यका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
यस्तै अधिबेशनले उपाध्यक्षमा श्याम बि. सि., सचिबमा रोशन चुहान, सहसचिबमा जिना बिष्ट, आर्थिक बिभाग प्रमुखमा दिनेश खत्री तथा सदस्यहरुमा हरि नेपाली, केशब भण्डारी, गगन थापा, गणेश पौडेल, जनक पान्डे, मदन पौडेल, वीरबहादुर बलायर, सुजित कुमार शाह चयन गरेको छ ।
कार्यक्रममा मञ्चका निबर्तमान अध्यक्ष नारायण केसिले बर्तमान राजनीतिक अवस्था युएइमा संगठन निर्माण गर्दाको संघर्ष र दुखमा परेका श्रमिकलाई गरेको सहयोगको चर्चा गर्दै राजनीतिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अधिबेशनका प्रमुख अतिथी टंक गुरुङले नवगठित कमिटिका सम्पूर्ण पदाधिकारीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा संगठन बिस्तार र श्रमिकको हकहितमा अझ जुझारु भएर लाग्न आग्रह गरे । यस्तै नवनिर्बाचित अध्यक्ष देबराज कार्कीले अघिल्लो कार्यसमितिले पुरा गर्न नसकेका अधुरा काम पुरा गर्ने प्रतिबद्धता जनाए ।