कतार फाइनान्सियल सेन्टर र नेपाल व्यवसायी संघबीच भेटवार्ता

news-details

कतार फाइनान्सियल सेन्टर र नेपाल व्यवसायी संघ कतारबीच नेपाली उत्पादन, पर्यटन तथा लगानी प्रवद्धनसम्बन्धी विशेष भेटवार्ता एवं साक्षात्कार भएको छ ।

कतार फाइनान्सियल सेन्टरको कार्यालयमा आइतवार सेन्टरका उपाध्यक्ष मोहम्मद बेनबौदीसँग संघका पदाधिकारीले भेटेर छलफल गरेका हुन् । सो अवसरमा नेपालको तर्फबाट संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा संरक्षकद्वय डाक्टर देबकाजी डंगोल र ई.बद्री पाण्डे, उपाध्यक्षद्वय आरके शर्मा र प्रकाश कोइराला, सचिव सुनिल घिमिरेका साथै सल्लाहकार प्रदिप झाको सहभागिता रहेको थियो ।

कतार फाइनान्सियल सेन्टरको विशेष निमन्त्रणामा छलफलमा गएको व्यवसायी संघले नेपालको उत्पादनहरु कतारमा बिस्तार गर्न, नेपालको पर्यटन प्रवद्धनमा सहयोग गर्न तथा नेपालमा लगानी लैजानका लागि अनुरोध गरेको थियो ।

कतार फाइनान्सियल सेन्टरका उपाध्यक्ष बेनबौदीले नेपाली उत्पादनलाई कतारमा प्रवद्धन गर्नका साथै नेपालको पर्यटन विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएको संघका सचिव सुनिल घिमिरेले जानकारी दिए ।

त्यसैगरी सेन्टरका उपाध्यक्ष बेनबैदी कतारका रहेका विभिन्न देशका विजिनेशन एशोसिएशनहरुसँग नेपाली संघलाई जोडाइदिने, कतारमा रहेका व्यवसायीहरुबीच आपसी सम्बन्ध बिस्तार गरिदिने र नेपालमा लगानी गर्न उत्साहित भएको बताइएको छ । नेपालको उत्पादनहरुलाई कतारमा बिस्तारका लागि सहजीकरण गर्न इन्भेष्टमेण्ट प्रमोशन एजेन्सी (आइपीए)का निर्देशकसँग समन्वय गरिदिने प्रतिवद्धता उपाध्यक्ष बेनबैदीले दिएको सचिव घिमिरेले बताए ।

नेपाली व्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाईले कतार फाइनान्सियल सेन्टरसँगको भेटवार्ता सफल भएको बताए । उनले भने–‘ सरकारको सरकारी निकायले हामीलाई सहयोग र साथ दिन्छौ भन्दा हामी गौरवान्ति भएका छौ, अव हामी चाडैं कतार टुरिजम बोर्डसँग पनि भेटवार्ता गछौं ।’

नेपालमा लगानी भित्र्याउन, कतारमा तथा नेपालमा पर्यटन प्रवद्धन गराउन र कतारमा रहेका नेपाली व्यवसायीहरुको सम्बन्ध बिस्तारमा संघले पछिल्लो समय आफ्नो सक्रियता बढाएको छ ।

केही दिन अगाडि मात्र भारतीय दूतावास र भारतीय विजिनेश एण्ड प्रोफेशनल काउन्सिलसँग भेटवार्ता गरेर नेपाल र भारतका व्यवसायीहरुबीच राम्रो सम्बन्ध स्थापित गराउनका लागि निकट भविष्यमा नै दुवै देशका दूतावासहरुको सहभागितामा एक कार्यक्रम आयोजना गर्ने योजना बनेको छ ।

अध्यक्ष चौलागाईका अनुसार उक्त कार्यक्रममा नेपालमा लगानीका संभावना तथा पर्यटन प्रवद्धनका विषयमा प्रस्तुती रहने र कतारमा रहेका व्यवसायीलाई नेपाल भित्र्याउन प्रेरित गर्नेछ र नेपालमा लगानी बढ्ने अपेक्षा छ ।

संघले कतारमा रहेका विभिन्न देशका कुटनितिक नियोग मार्फत सम्बन्धित देशका व्यवसायीहरू संगको सम्बन्ध प्रगाढ पार्ने र कतारमा संचालित व्यवसायलाई थप व्यवस्थित गर्दै नेपालमा बाह्य लगानी लैजाने योजना बनाएको छ ।

सन् २०१८ मा स्थापना भएको संघले सामाजिक कार्य संगै कतारमा रहेका नेपाली व्यवसायीहरूको हकहितमा काम गर्दै आएको छ । कतारमा पहिलो र एक मात्र कतार सरकारमा दर्ता भई अनुमति प्राप्त गरेको नेपाली संस्थाका रूपमा परिचित संघले नेपालमा ठूला एवं मझौला परियोजनाहरू तय गर्दै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *