नेपाल व्यवसायी संघ कतार र भारतीय दूतावास वीच भेटवार्ता

news-details

कतार स्थित भारतीय कुटनितिक नियोग भारतीय राजदूतावासको विशेष निमन्त्रणामा नेपाल व्यवसायी संघ कतारले भारतीय राजदूतावासको सभा कक्षमा विशेष भेटघाट एवं साक्षात्कार गरेको छ ।

भेटका क्रममा राजदूतावासको तर्फबाठ फाईनान्सियल कन्सुलर एन्जेलिन प्रेमालथा सहभागी भएकी थिईन भने संघका तर्फबाट संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईं संरक्षक डाक्टर देब काजी डंगोल, उपाध्यक्ष प्रकाश कोईराला, सचीव द्वय सुनिल घिमिरे एवं पूर्ण पोखरिया र सदस्य दिपजङ्ग शाह ठकुरीको सहभागीता रहेको थियो ।

झण्डै एक घण्टा लामो भेटघाटका क्रममा कन्सुलर एन्जेलिनले नेपाल व्यवसायी संघ कतारको मुक्त कन्ठले प्रसंशा गर्दै भनिन्, “तपाईँहरूले सामाजिक क्षेत्रमा गरेका योगदान र गतिविधिहरू प्रती म निकै प्रभावित रहेको छु” उनिले थपिन, “हाम्रो दूतावासको समन्वयमा ईन्डियन व्यवसायी संघ र नेपाली व्यवसायी संघ विच एसोसिएट गराउने प्रयास गर्नेछु । जस्ले एक अर्का देश विच पारस्परिक सम्बन्ध अझ प्रगाढ हुनेछ भने आपसी व्यसायीक यात्रा समेत सबल हुनेछ ।”

कन्सुलर एन्जेलिनले अगाडी थपिन, “प्रोटोकललाई मध्यनजर गर्दै व्यवसायीहरूको हक हितमा के कस्ता गतिविधि गर्न सकिन्छ भन्ने विषयमा नेपाली दूतावाससंग समेत आन्तरिक छलफल गर्ने प्रयास गर्नेछौं ।”

छलफलमा सहभागी व्यवसायीहरूले आआफ्नो व्यवसायहरू के कसरी सन्चालन गरिरहेको व्याख्या गर्दै आफूँहरूले सामाजिक क्षेत्रमा गरेका गतिविधिहरू दूतावासलाई अवगत गराएका थिए ।

कन्सुलर एन्जेलिनलाई मायाको चिनो हस्तान्तरण गर्दै अध्यक्ष चौलागाईंले कतार स्थित विभिन्न दूतावासले विशेष चासोका साथ नेपाल व्यवसायी संघ, कतारलाई आमन्त्रण गरे जस्तै भारतीय दूतावासले पनि आमन्त्रण गरेकोमा खुशी व्यक्त गरे ।

चौलागाईंले भने, “हामी कतारमा रहेका विभिन्न देशका कुटनितिक नियोग मार्फत सम्बन्धित देशका व्यवसायीहरू संगको सम्बन्ध प्रगाढ पार्ने प्रयासमा छौं । जस्ले गर्दा कतारमा संचालित व्यवसायलाई थप व्यवस्थित गर्न सकिनेछ भने नेपालमा बाह्य लगानी भित्र्याउन ठूलो टेवा पूग्नेछ ।”

सन् २०१८ मा स्थापना भएको संघले सामाजिक कार्य संगै कतारमा रहेका नेपाली व्यवसायीहरूको हकहितमा काम गर्दै आएको छ ।

कतारमा पहिलो र एक मात्र कतार सरकारमा दर्ता भैइ लाईसेन्स प्राप्त गरेको नेपाली संस्थाका रूपमा परिचित संघले नेपालमा ठूला एवं मझौला परियोजनाहरू तय गर्दै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *