स्पेनबाट ‘एक यात्रु,एक किताव’ अभियान, विश्व भाषा क्याम्पसलाई पुस्तक हस्तान्तरण
- रोजगारमञ्च
- साउन २६, २०७९
- 0

विश्व कलाकार संघ,नेपाल स्पेनले ‘एक यात्रु,एक किताव’ अभियान अन्तर्गत विश्व भाषा क्याम्पसलाई पुस्तक हस्तान्तरण गरेको छ ।
विश्व कलाकार संघ स्पेनले गत आइतबार विश्व भाषा क्याम्पसमा ‘नेपाल स्पेन अन्र्तक्रिया तथा पुस्तक हस्तान्तरण’ कार्यक्रम आयोजना गरी प्रमुख अतिथि स्पेनका लागि नवनियुक्त राजदूत शर्मिला पराजुली ढकाल, विशेष अतिथि स्पेनका लागि निवर्तमान राजदूत दावाफूटी शेर्पा, एनआरएनएका पूर्व उपाध्यक्ष टिबी कार्कीलगायतको उपस्थितिमा क्याम्पस प्रमुख यादव पन्तलाई हस्तान्तरण गरेको हो ।
विश्व भाषा क्याम्पसमा विभिन्न भाषा पढाइने भएकाले विश्वमा नै तेश्रो धेरै बोलिने स्पेनिस भाषाको विकासका लागि र स्पेनसम्बन्धी अध्ययन गर्न चाहनेहरुका लागि पुस्तक हस्तान्तरण गरिएको विश्व कलाकार संघ नेपाल स्पेनका अध्यक्ष डिक कार्कीले जानकारी दिए । विश्वभाषा क्याम्पस नै पढेर स्पेन पुगेका कार्कीले स्पेनमा नेपाली कला र संस्कृति विकासमा मात्र नभएर नेपालमा स्पेनसम्बन्धि अध्ययनमा थप टेवा पु¥याउनका लागि काम गरिरहेको बताएका छन् ।
अन्र्तक्रिया तथा पुस्तक हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि रहेकी स्पेनका लागि नवनियुक्त राजदूत शर्मिला पराजुली ढकालले विशेषगरी कुटनैतिक क्षेत्रमा काम गर्नेहरुका लागि भाषा अत्यन्तै आवश्यक रहेको जनाउँदै विश्व कलाकार संघ स्पेनले गरिरहेको कार्यको प्रसंसा गरिन् । उनले स्पेनमा पुगेपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनुको साथै नेपालमा स्पेन र स्पेनमा नेपाली भाषा पढाउनका लागि पहल गर्ने बताएकी छिन् ।
कार्यक्रममा विश्व भाषा क्याम्पसका प्रमुख यादव पन्तले यही कलेज पढेर विदेश पुगेर फेरि सम्झेर पुस्तकहरु हस्तान्तरण गरेकोमा आयोजकलाई धन्यवाद दिदै स्पेन र विश्वभाषा क्यापसको पुरानो इतिहाँसलाई जोगाइराख्न अझ धेरै सहयोगको आवश्यकता रहेको बताए ।
स्पेनमा पुस्तक संकलनका लागि जुटेका र पुस्तक प्रदान गर्नेहरुलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा एनआरएनएका पूर्व उपाध्यक्ष टिबी कार्की, विश्वभाषा क्याम्पस स्पेन डिपार्टमेण्ट संरक्षक रमेश श्रेष्ठ, नेपाली पाठशाला संयोजक सरला सापकोटा, रामकृष्ण पुडाशैनीलगायतले स्पेनको भाषा विकासमा खेल्नु पर्ने भूमिकाका विषयमा बोलेका थिए ।