कोरियामा कार्यरत नेपालीको मेसिनमा टाउको च्यापिएर निधन
- असार ३१, २०७९
- 0
दक्षिण कोरियामा कार्यरत एक नेपालीको काम गर्ने क्रममा मेसिनले टाउको च्यापिएर घटनास्थलमै निधन भएको छ ।
बिहीबार काम गरिरहकै अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको हो । ज्यान जानेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए ।
ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।
फलाम काट्ने काम हुने कम्पनीमा पटक पटक दुर्घटना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेका राईले बताए । सोही कम्पनीमा दुर्घटनामा परि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।
मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । घटनाका विषयमा नेपाली दूतावासलाई जानकारी गराईसकिएको र दूतावासले परिवारलाई खबर गर्ने तथा अन्य कानुनी प्रकृया जारी रहेको जनाएको छ ।
0 प्रतिक्रिया
हरि कटुवालको शब्द र समिक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक (भिडियोसहीत)
गीतकार हरि कटुवालको शब्द तथा गायीका समिक्षा अधिकारीको सुमधुर स्वरमा ‘नयाँ बाटो रोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ । […]
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन, आइतबार उपस्थित हुनेगरी छोडियो
सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन । जिल्ला अदालत रुपन्देहीमा आज […]
बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस
बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ । शुक्रबार […]
विकास निर्माण र पूर्वाधारका हिसाबले नेपाल अघि बढिसकेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन् । बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति […]
पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघले आफ्नो २० औं वार्षिक साधारणसभा भव्यताका सम्पन्न गरेको छ […]