नेपाली युवा एक महिनादेखि लन्डनमा बेपत्ता
- असार १४, २०७९
- 0

लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।
स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ ।
उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४/२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ ।
0 प्रतिक्रिया
भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप […]
अर्थमन्त्रीलाई चेम्बरको १ सय १ बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको स्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव […]
बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन् । सोमबार […]
गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबारदेखि महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल प्रवचन […]
मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

मुगु । मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड […]