कतारमा तलव नपाएका नेपालीलाई बक्यौता रकम लिन कतार सरकारको अनुरोध

news-details

कतारस्थित मर्करी मेना कम्पनीमा काम गरी आफ्नो पारिश्रमिक लिन बाँकी रहेका २३ जना नेपालीहरुलाई आफ्नो पैसा बुझ्नका लागि कतार सरकारले अनुरोध गरेको छ ।

बक्यौता रकम लिन बांकि रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आइ रकम बुझ्न आग्रह गरेको हो । रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परीचयपत्रसंगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनु पर्ने जनाइएको छ ।

उक्त कम्पनीमा कार्यरत नेपालीहरुले बैदेशिक रोजगार विभाग तथा कतारी राजदुतावासमा सिधै सम्पर्क गरेर पैसा लिन सक्ने जनाइएको छ ।

गत वर्ष बक्यौता रकम लिन बांकि रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव स्रिपालीलाइ पनि सम्पर्कमा आइ रकम बुझ्न कतार सरकारले अनुरोध गरेको छ । गत वर्ष पनि ३३ जनाले बक्यौता रकम बुझेका थिए ।

रकम पाउनेको नामावली

Qatar announce to collect money (1)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *