कतारको जेलमा रहेका २१ नेपालीले पाए क्षमादान
- बैशाख ६, २०७९
- 0

विभिन्न कारण कतारको जेलमा रहेका २१ जना नेपालीले क्षमादान पाएका छन्।
कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमदानको अवसरमा कतारस्थित कारागारमा रहेका २१ जना नेपालीलाई क्षमादान दिएको नेपाली दूतावासले जनाएको हो।
विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेकाहरूलाई क्षमादान पाएकाबारे सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दोहास्थित नेपाली दूतावासले आज सूचना जारी गर्दै जनाएको छ।
क्षमादान पाउनेहरूमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रीवितरणमा २ र आर्थिक हिनामिनामा कसुरमा ५ जना रहेको सूचनामा उल्लेख छ।
0 प्रतिक्रिया
संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

संखुवासभा जिल्लाको चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले सबैभन्दा ठूलो घण्टी प्रदान गरेका छन् । संखुवासभाको […]
‘रोड सेफ्टी’ फोटो प्रतियोगिता एवं प्रर्दशनी हुने

फोटो पत्रकार (पिजे) क्लव र रोटरी क्लव अफ काठमाडौं सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदशनी गर्ने सम्वन्धी सम्झौता भएको […]
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् । […]
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]