फरार प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो
- पुस २९, २०७८
- 0
कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरेर स्वदेश ल्याइएको छ ।
इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएको हो । साउदीमा पक्राउ परेका मगरलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा बुधबार नेपाल ल्याइएको हो ।
प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँगको सहयोगमा खोजतलास गरेको थियो।
प्रतिवादी मगरलाई आवश्यक कानुनी कारबाहीका लागि उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलालाई आज बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
-रासस
0 प्रतिक्रिया
राष्ट्रिय वाणिज्य बैंकद्धारा नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक (प्रशासन, […]
हिउँदे अधिवेशनको पहिलो दिन संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सत्तामा रहेका दल नेपाली कांग्रेस […]
राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको […]
रास्वपाले बोलायो सचिवालय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आह्वान गरेको छ। सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेगरी बैठक आह्वान […]
कांग्रेस संसदीय दलको बैठक बस्दै
आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको […]