जापानद्वारा सबै विदेशीलाई अनिश्चितकालको लागि मुलुक प्रवेश नदिने घोषणा
- मंसिर १३, २०७८
- 0

कोभिड-१९ को नयाँ भेरिएन्ट विश्वभर फैलन थालेसँगै जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
प्रतिबन्धको घोषणा गर्दै प्रधामन्त्री फुमियो किसिदाले भने, ‘खराब अवस्था आउन नदिन हामीले आपतकालिन निर्णय गरेका छौं ।’
एक महिना पहिले जापानले विद्यार्थी, कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमाइक्रोन’ फैलन थालेपछि जापानले यस्तो निर्णय लिएको हो ।
प्रधानमन्त्री किसिदाले नयाँ भेरिएन्टबारे थप जानकारी नआइञ्जेल मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेजस्ता मापदण्डलाई कडाइसँग पालना गर्न आग्रह गरेका छन् ।
0 प्रतिक्रिया
अमेरिकाले हालसम्मकै ठूलो संख्यामा नेपाली डिपोर्ट गरेर नेपाल फर्कायो

अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका ठुलो संख्यामा नेपालीलाई निष्कासन (डिपोर्ट) गरेर नेपाल फर्काएको छ। अमेरिकी चार्टर्ड विमानमार्फत फिर्ता पठाइएका […]
प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, […]
काठमाडौं महानगरको सीप मेला कति उपयोगी ?

काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ […]
विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी […]
संसदको अवरोध हटाउन सभामुख र तीन दलका प्रमुख सचेतकबीच छलफल, बैठक निष्कर्षविहीन

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । सत्तापक्ष र […]