अमेरिकाको स्वास्थ्य सामाग्रीमा चुनावी राजनीति गरेकोमा जोशीको आपत्ती

news-details

अमेरिका वस्ने नेपाली समुदायले हालै नेपाललाई पठाएको स्वास्थ्य समाग्री हस्तान्तरणका नाममा चुनावी राजनीति भएको एनआरएनए सचिव गौरीराज जोशीले बताएका छन् ।

नेपाललाई जाने सहयोग प्रति सधै समर्थन र सहयोग रहंदै आएको बताउने जोशी आफैले स्वास्थ्य समाग्रीका लागि व्यक्तिगत रुपमा सहयोग गरेको छन् । उक्त स्वास्थ्य सामाग्री सहयोगका बारेमा अनर्गगल प्रचार तथा चुनावी राजनीति गरेर जोशीप्रति टिकाटिप्पणी गरेकोमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

जोशीले एक विज्ञप्ती नै निकालेर भनेका छन्–‘सहयोगप्रति मेरो विरोध हुने प्रश्न नै छैन तर यो सहयोगलाई एनआरएनएको चुनाव राजनीतिको विषय वनाइनु हुन्न भन्ने मेरो प्रयास हो, सामाजिक सहयोग यसै पनि राजनीति र चुनावको विषय हुनु हुदैंन ।’

एनआरएनए निर्वाचनका उम्मेदवारहरु आफैले चुनावको नतिजालाई आफ्नो पक्षमा पार्न यस्तो सहयोगलाई प्रचार प्रसार गर्दा भविष्यमा नकरात्मक असर पर्छ भन्ने जोशीको वुझाई रहेको छ ।

उनले भनेका छन्–‘ तथ्य विपरित आउने एनआरएनएको चुनावमा फाइदा वेफाइदा हेरेर मेरो वारेमा गलत प्रचार प्रसार भएको मैले अनुभव गरेको छु ।’
एनआरएनए अमेरिकारले नेपाल सरकारलाई हालै हस्तान्तरण गरेको उक्त सहयोगमा अमेरिका वस्ने नेपाली समुदायको सामुहिक प्रयासवाट संभव भएको हो । ‘मैले एनआरएनए नेतृत्वका लागि हुन लागेको चुनावमा मेरो उम्मेदवारीको विषयलाई लिएर उक्त सहयोगका वारेमा प्रश्न उठाएको नभई गलत प्रवृत्तिको हाबी हुन नपाओस भन्ने मेरो मान्यता हो’ जोशीले भनेका छन् ।

अमेरिकामा बस्ने नेपाली समुदायले नेपाल सरकारलाई पठाएको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रममा एनआरएनको आगामी निर्वाचनलाई प्रभाव पार्ने वा भ्रम छर्ने हेतुका प्रतिनिधिहरु मात्र सहभागि गराइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *