जर्मनीले नेपालसहितका पाँच राष्ट्रबाट हुने यात्रा प्रतिबन्ध हटायो

news-details

जर्मनीले नेपालसहितका राष्ट्रमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ । कोभिड १९ महामारी र डेल्टा स्वरुपको सङ्क्रमण फैलिएको राष्ट्रहरुबाट जर्मनीले आगमन निषेध गरेको थियो ।

बीबीसीका अनुसार जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो । जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा डेल्टा प्लस र डेल्टा स्वरुपको तीब्र सङ्क्रमण फैलिएकोले ‘भाइरस भेरिएन्ट क्षेत्र’को वर्गीकृत गरेको थियो । आगामी बुधबारबाट यी राष्ट्रका नागरिकले जर्मनीको यात्रा गर्न पाउनेछन् ।

कोभिड १९ बिरुद्धको पूर्ण खोप लिएकाले भने क्वारेन्टिनमा समेत बस्नु पर्ने छैन् । यद्दपी खोप नलगाएका ब्यक्तिले भने दश दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । तर क्वारेन्टिनमा बसिरहँदा पाँचौं दिनभित्रै रिपोर्ट निगेटिभ आए क्वारेन्टिन अन्त्य गर्न पाउनेछन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसले सबै प्रकारको कोभिड सतर्कताका उपायहरु हटाउन लागेको बताउनुभएको भोलिपल्ट जर्मनीले यस्तो निर्णय गरेको हो । जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सोमबार यात्रा प्रतिबन्ध लागेका राष्ट्रलाई अब भने ‘हाइ इन्सिडेन्स एरियाज’मा राखिएको जनाएको छ ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *