करोडको सहयोग जुटाएर स्वास्थ्य सामाग्री नेपाल पठाउने कतारका व्यवसायीहरु (नामावलीसहित)

केही दिन भित्रमा नेपालमा हस्तान्तरण हुँदै
news-details

नेपाललाई दुख्दा सबैभन्दा पीडा विदेशमा बस्ने नेपालीहरुलाई हुन्छ । त्यही भएर त विदेशमा बस्ने नेपालीहरु आफ्नो छाक काटेरै स्वदेशको पीडालाई मल्हम लगाउन जुटिहाल्छन् । अहिले मातृभूमिलाई कोरोना महामारीले अप्ठ्यारो पारेपछि कतारमा रहेका नेपाली व्यवसायी एक जुट बनिहाले अनि छिनभरमा नै एक करोड रुपैया पैसा जुटाएर नेपाल पठाए ।

कतारमा विभिन्न व्यवसायमा संलग्न नेपाली व्यवसायी र कतारका लागि नेपाली राजदूत मिलेर नेपाल र नेपालीलाई कोरोना महामारीबाट जोगाउनका लागि एक करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाउन सहयोग रकम संकलन गरेका हुन् ।

नेपालमा दैनिक कोरोनाका बिरामी बढेर भयावह अवस्था निम्तिएपछि नेपाली दूतावास कतारको संरक्षकत्वमा नेपाली व्यवसायी संघ दोहा कतारले नेपालमा स्वास्थ्य सामाग्री पठाउने जिम्मेवारी उठाएको हो । संघले कतारमा रहेका व्यवसायीहरुबाट पहिलो पटक यति धेरै रकम उठाएर सहयोग पठाउन सफल भएको हो ।

नेपालमा स्वास्थ्य सामाग्री उपलब्ध गराउनकै लागि नेपाली व्यवसायी संघले नेपाली राजदूत डा.नारदनाथ भारद्वाजको संरक्षकत्वमा ‘नेपालका लागि कोरोना राहत समिति–कतार–२०२१’ गठन गरेर सहयोग अभियान सुरु गरेको थियो ।
कतारमा क्रियाशील नेपाली संघसंस्थाहरुमध्ये नेपाली व्यवसायी संघ कतार मात्रै कतार सरकारबाट कानुनी मान्यता पाएको संस्था हो । यही संघमा आवद्ध तथा अन्य व्यवसायीहरुले सहयोग रकम प्रदान गरेका हुन् ।

नेपालमा छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री आइपुग्ने प्रकृयामा रहेको छ । संघले खरिद गरेको स्वास्थ्य सामाग्री एयर कार्गोबाट नेपाल आउँदैछ । अव केही दिनमा नै नेपालमा आइपुग्ने संघका अध्यक्ष तथा कोरोना राहत समितिका संयोजक महेन्द्रप्रसाद चौलागाईले रोजगार मञ्चलाई जानकारी दिए ।

अहिलेसम्म भेन्टिलेटर १४ थान, अक्सिजन कन्सन्ट्रेटर ४२ थान, पल्स अक्सिमिटर २१ सय थान र नोजल क्यानोला ५० थान खरिद गरिसकेको छ । संघले नेपाली दूतावास कतार मार्फत सातै वटा प्रदेशमा स्वास्थ्य सामाग्री बराबरढंगबाट वितरणका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोधसहितको पत्र पठाइसकेको छ । संघले स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि आफ्ना प्रतिनिधि सहभागिताका लागि पनि अनुरोध गरेको छ ।

नेपालमा एक मुठी स्वास फेर्न अक्सिजनको अभाव हुँदा अस्पतालमा शैया नपाउँदा तथा समयमा कोरोना परीक्षण हुन नसकेर अकालमा ज्यान गइरहेको खबर तथा कारुणिक दृष्यले प्रवासी नेपालीको मन अमीलो मात्र भएन छाती पोल्न थालेपछि महामहिम राजदूतको सल्लाह अनुसार व्यवसायीहरु एकीकृत भएको चौलागाईको भनाई छ ।

‘कोरोना महामारीको चपेटामा परी छटपटाई रहेको नेपालीको अवस्था तथा ठुलो संख्यामा उपचार अभावमा अकालमा ज्यान गुमाइरहनु परेको अवस्थामा जसले जे सक्छ वा जति सक्छ सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो, धर्म पनि हो’ राहत समितिका संयोजक चौलागाईले भने–‘ विदेशमा रहे बसे पनि हरदिन मातृभूमि सम्झिने यस मनलाई शान्ति प्रदान गर्ने बाटोका रुपमा कतारमा कार्यरत व्यवसायीहरूको तर्फबाट सकेको सहयोग गरेका छौं ।’

कोरोना महामारीबाट आफ्नो व्यवसाय प्रभावित भइरहेको अवस्थामा कतारमा कार्यरत व्यवसायीले छिनभरमा नै यो सहयोग रकम उठाएर पहिलो चरणमा स्वास्थ्य समाग्री पठाउन संभव भएको व्यवसायी संघका महासचिव तथा राहत समितिका सदस्य रमेश भट्टले जानकारी दिए ।

कतारमा कार्यरत व्यवसायी तथा नेपाली व्यवसायी संघलाई नेपाली दूतावास कतार र राजदूत डा.नारदनाथ भारद्वाजको राम्रो साथ रहेको छ । राजदूत आफैले व्यक्तिगतरुपमा एक लाख रुपैया सहयोग रकम प्रदान गरेका छन् ।

कतारमा रहेका नेपाली व्यवसायीहरु आर्थिकरुपमा केही सवल हुनुका साथै मनका पनि धनी भएकाले नेपालमा समस्या पर्दा तत्काल सहयोग गर्न पहिला आफुले अनुरोध गरेको राजदूत भारद्वाजले बताए । उनले भने–‘ कतारमा मान्यता प्राप्त व्यवसायी संघसँग दूतावासले सहजीकरण र सहकार्य गरिरहेको छ, अहिले मानवीय कार्यका लागि संघका अध्यक्षलगायत सबै व्यवसायीहरु पवित्र मनले जुट्नुभएकोमा मेरो तथा व्यक्तिगत तर्फबाट धन्यवाद दिन पनि चाहन्छु ।’

दूतावासले कतार सरकार तथा कतारमा रहेका सामाजिक संस्थाहरुसँग नेपाललाई सहयोग गर्नका लागि अनुरोध गरेको जानकारी दिदै राजदूत भारद्वाजले भने–‘ सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएको हुँदा चाँढै कतार सरकारको तर्फबाट कोरोना नियन्त्रणका लागि नेपाललाई सहयोग आउने अपेक्षा दूतावासले राखेको छ ।’

कतारमा समान्य कामदारदेखि उच्च तहमा पुग्ने नेपालीहरु पनि छन् । नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, मार्ट, श्रमिक आपूर्ति कम्पनीहरु संचालित छन् । कोरोनाका कारण केही मारमा परेका भएता पनि कतारका व्यवसायीले एक करोड बराबरको सहयोग नेपाललाई गर्नुलाई सबैले प्रसंसा गरेका छन् ।

जब कोरोना राहत समिति–कतार सक्रिय बन्यो

नेपालमा कोरोना महामारीले दिनप्रतिदिन आक्रान्त बनिरहँदा कतारमा क्रियासिल नेपाली व्यवसायीले नेपालमा सहयोग गर्ने अठोट लिइहाले । तर, एनआरएनए मध्यपूर्वले तत्काल ५६० अक्सिजन सिलिण्डर पठाउने भएपछि उनीहरुले त्यस अभियानमा पनि सहयोग गरे । त्यसमा मात्र उनीहरुको चित्त बुझेन । नेपाली व्यवसायी संघ कतार आफैले केही गर्नु पर्छ भनेर अध्यक्ष महेन्द्र चौलागाईले आफ्ना अन्य व्यवसायी साथीहरुसँग सल्लाह गरे । सबैको मत मिलेपछि राजदूत डा.नारदनाथ भारद्वाजको संरक्षकत्वमा नेपालमा कोरोना राहत समिति कतार भनेर १६ जनाको समिति नै बन्यो ।

एनआरएन मध्यपूर्वको अक्सिजन सिलिण्डर पठाउने अभियानमा समेत राम्रो रकम प्रदान गरेका व्यवसायीले अहिले अझै खुलेर सहयोग गरेका छन् । ८ लाख नेपाली रुपैयादेखि ३२ हजार रुपैयसम्म सहयोग उठेको संघले जनाएको छ ।

राजदूत आफैले एक लाख रुपैया दिएर अभियान शुरु भएको थियो । यस अभियानमा डा. नितेश अर्यालले प्राविधिक सहयोग गर्नुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीका लागि आवश्यक समन्वय गरेका थिए ।

संरक्षक  : राजदूत डा. नारदनाथ भारद्वाज

संयोजक :महेन्द्रप्रसाद चौलागाई

उपसंयोजक : मो.मुक्तदा मुसलमान

प्राविधिक सदस्य : डा. नितेश अर्याल

सदस्यहरु : प्रकाश कोइराला, रमेश भट्ट, सुनिल कुमार घिमिरे, चूडामणि कार्की र धनबहादुर बलाय

सल्लाहकार संयोजक : आर के शर्मा

सल्लाहाकारहरु : डा.देवकाजी डङ्गोल, टिबी कार्की, नरेन्द्र भाट, समीर मास्के, राजु रेग्मी, प्रवीण गुरुङ,र प्रो. रमजान अलि मियाँ

आर्थिक सहयोग गर्ने दाताहरुको नामावली

क्र.   नाम क. रि  रुपैया
 म. राजदूत डा.नारद नाथ भारद्वाज ३,१२५ १ लाख
महेन्द्रप्रसाद चम्लागाई २५,००० ८ लाख

 

नबिनराज सत्याल २५,००० ८ लाख
 

 राजु रेग्मी , १८,७५० ६ लाख
 

आर के शर्मा १७,१००  ५ लाख ४७ हजार
 

 प्रकाश कोइराला १५,६२५ ५ लाख
 

नारायण प्रसाद शर्मा १५,६२५ ५ लाख
 

दिनेश खत्री १५,६२५ ५ लाख
 

सफारी मल १०,००० ३ लाख २० हजार
 

१०

रमेश भट्ट ६,९४५ २ लाख २२ हजार
 

११

सुनिलकुमार घिमिरे ६,२५० २ लाख
 

१२

बद्रीप्रसाद पाण्डे ६,२५० २ लाख
 

१३

दिन्शन बोहोरा ५,००० १ लाख ६० हजार
 

१४

अर्जुन मुडबरी ४,७१८ १ लाख ५० हजार
 

१५

मो. मुक्तदा मुसलमान ४,७१८ १ लाख ५० हजार
 

१६

चुडामणी कार्की ४,७०० १ लाख ५० हजार
 

१७

पुर्णबहादुर पोखरीया ४,७०० १ लाख ५० हजार
 

१८

टेकबहादुर कार्की (टिबी) ३,४७२ १ लाख ११ हजार
 

१९

धनबहादुर बलायर ३,१५६ १ लाख १ हजार
 

२०

समिर मास्के ३,१२५ १ लाख
 

२१

मञ्जु खनाल ३,१२५ १ लाख
 

२२

डा. देवकाजी डंगोल ३,१२५ १ लाख
 

२३

 ई. प्रदिपकुमार झा ३,१२५ १ लाख
 

२४

डा. नितेश अर्याल ३,१२५ १ लाख
 

२५

 नरेन्द्र भाट ३,१२५ १ लाख
 

२६

दुर्गाबहादुर थापा ३,१२५ १ लाख
 

२७

रामकुमार श्रेष्ठ ३,१२५ १ लाख
 

२८

राजेन्द्र देवकोटा ३,१२५ १ लाख
 

२९

परशुराम भट्टराई ३,१२५ १ लाख
 

३०

पिताम्बर चापागाई ३,१२५ १ लाख
 

३१

बालकृष्ण न्यौपाने ३,१२५ १ लाख
 

३२

दिपक कार्की ३,१२५ १ लाख
 

३३

टंकबहादुर खड्का(अर्पण) ३,१२५ १ लाख
 

३४

विकास प्रसाई ३,१२५ १ लाख
 

३५

धुर्वराज अधिकारी ३,१२५ १ लाख
 

३६

अब्दुल बासिद ३,१२५ १ लाख
 

३७

परशुराम दाहाल ३,१२५ १ लाख
 

३८

युवराज शर्मा ३,१२५ १ लाख
 

३९

रामु रेग्मी ३,१२५ १ लाख
 

४०

ई. अर्जुनप्रसाद भट्टराई ३,१२५ १ लाख
 

४१

कमलबहादुर थापा ३,१२५ १ लाख
 

४२

कमलप्रसाद न्यौपाने ३,१२५ १ लाख
 

४३

कर्णबहादुर घिमिरे ३,१२५ १ लाख
 

४४

प्रबिन गुरुङ ३,१२५ १ लाख
 

४५

मधुकर रिजाल ३,१२५ १ लाख
 

४६

सागर नेपाल ३,१२५ १ लाख
 

४७

सरोजकुमार मण्डल २,००० ६४ हजार
 

४८

कविन्द्र कडेँल १,००० ३२ हजार
४९ नेपाल इञ्जिनिर्यस एशोसिएशन, कतार ६,९५५ २ लाख २३ हजार

 

जम्मा २९०,१२९ ९२ लाख ८४ हजार

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *