युएइद्वारा नेपाललाई १५० भेन्टिलेटर सहयोग

news-details

नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग दिने भएको छ ।

कोरोना प्रभावित बिरामी मात्रै नभएर अन्य बिरामीको उपचारमा जीवनरक्षक मानिने बहुउपयोगी यो प्रकृतिको एउटा भेन्टिलेटरको मूल्य करिब २० लाख नेपाली रुपियाँ पर्ने दूतावास श्रोतले जानकारी दिएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले युएइको परराष्ट्र मन्त्रालयलाई नेपालमा स्वास्थ समस्या उत्पन्न हुन लागेकोले यथासक्य सहयोग गर्न आग्रह गरेपछि युएइको सरकारले अहिलेसम्मकै ठूलो मात्रामा सहयोग उपलब्ध गराउन लागेको बताइएको छ ।

कोरोना प्रभावित बिरामीको लागि अति उपयोगी मानिने भेन्टिलेटर जेठ १९ गते बुधबार युएइ सरकारको विशेष विमान मार्फत नेपाल पुर्‍याउने सहमति भएको युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।

राजदूत ढकालका अनुसार भेन्टिलेटरका साथमा अन्य मेडिकल सामग्री पनि अनुदान स्वरुप युएइ सरकारले नेपाल सरकार र नेपाली जनताको स्वास्थको लागि प्रदान गर्न लागेको छ ।

१ सय १५ वटा भेन्टिलेटर सहित अन्य मेडिकल सामग्रीको तौल १० टन बराबर रहने बताइएको छ ।

नेपालीहरूले युएइको भौतिक विकासका लागि जुन पसिना बगाएर एउटा इमानदार, परिश्रमी र कर्तव्यबोध नागरिकको पहिचान बनाएका छन् । प्रतिफलका रूपमा पनि युएइ सरकारले नेपाल र नेपालीहरुलाई उच्च प्राथमिकतामा राखेर सहयोग गरेको युएइमा कार्यरत सामाजिक अभियन्ता नेपालीहरुले सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।

नेपालको स्वास्थ संकटको यो भयावह अवस्थामा युएइ सरकारले गरेको उल्लेखनीय सहयोगको लागि धेरैले आभार प्रकट गरेका छन् ।

युएइमा कार्यरत अधिक सामाजिक संस्थाहरू, नेपाली समाज, एनआरएन, अन्य जिल्ला स्तरीय, क्षेत्रीय, जातीय, भातृ संगठनहरुले पनि आआफ्नो संजाल प्रयोग गरेर युएइबाट सहयोग उपलब्ध गराइरहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *