युएईद्वारा नेपालसहित चार दक्षिण एसियाली मुलुकसँगको हवाइ उडानमा प्रतिबन्धको घोषणा

news-details

संयुक्त अरब इमिरेट्सले आउँदो बुधबार मध्यरातदेखि लागु हुने गरी नेपालसहित चार दक्षिण एसियाली मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको छ ।

नेसनल इमर्जेन्सी क्राइसिस कमिटीले सोमबार नेपालसहित बंगलादेश, पाकिस्तान र श्रीलंकासँग हवाइ उडानमा प्रतिबन्धको निर्णय गरेको खलिज टाइम्सले जनाएको छ । ट्रान्जिटका उडानहरुमा पनि रोक लगाइएको छ ।

युएईका नागरिक, कूटनीतिज्ञ, डेलिगेट्स र गोल्डेन भिसा होल्डर्सलाई भने रोक लगाइएको छैन ।

नेपालसहितका दक्षिण एसियाली मुलुकमा कोभिड–१९ को संक्रमण फैलिएको निष्कर्ष निकाल्दै युएईले सो निर्णय गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *