कतारमा रमादान पर्वको अवसरमा १४ जना नेपाली पाए आममाफी

news-details

कतार सरकारले यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी पाएका हुन ।

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *