दक्षिण कोरियाको न्याय मन्त्रालयद्वारा विनोद कुँवर लगायत विभिन्न राष्ट्रका प्रतिनिधिसंग छलफल

सबै विदेशीहरुलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउन माग
news-details

दक्षिण कोरियाको न्याय मन्त्रालयद्वारा एनआरएनए आईसिसी प्रतिनिधि एंब नेपाली ब्यबसायी विनोद कुँवर लगायत विभिन्न राष्ट्रका प्रतिनिधिसंग छलफल गरेको छ ।

कार्यक्रममा दक्षिण कोरियाली न्याय मन्त्री पार्क वोम क्यू, दक्षिण कोरिया अध्यागमन विभागका कमिसनर छा ग्यु गुन तथा निर्देशक किम व्यङ छुल लगायत कोरियाली सरकारका बिभिन्न विशिस्ट कर्मचारीहरु एंव नेपाल, पाकिस्तान, बंगालदेश, टर्कि लगायत बिभिन्न राष्टका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वोल्दै न्याय मन्त्री पार्क वोम क्यूले कोरोना नियन्त्रण तथा रोकथामका लागी अपनाउनु पर्ने सावधानीका बारेमा बिभिन्न मिडियामा सुचना तथा मोवाईलमै अलर्ट दिने जस्ता सुचना दिइएको भएतापनि विभिन्न राष्ट्रका प्रतिनिधिहरुको पनि महामारी नियन्त्रणमा सहभागिता र अपनत्व रहोस् भन्ने उदेश्यले छलफल कार्यक्रम आयोजना गरिएको बताउदै महामारी नियन्त्रणको लागि प्रभावकारीरूपमा सबैले आफ्नो स्थानबाट सहयोग गर्न हार्दिक अनुरोध समेत गरे ।

सो अवसरमा कोरोना नियन्त्रण तथा सावधानी, विदेशीहरूको भिषागत समस्या, कोरोना नियन्त्रणमा सहकार्य, निशुल्क उपचार एंव बिना भेदभाब निस्शुल्क भ्याक्सिनको उपलब्धता लगायत बिभिन्न समसामयिक समस्याहरुको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बिभिन्न राष्ट्रका प्रतिनिधिरूले आ-आफ्नो धारणा राखेका थिए । यसै क्रममा नेपालकोतर्फबाट विनोद कुँवरले विदेशी नागरिकहरुलाई विना भेदभाव कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध गराउन तथा कोरोना संक्रमित विदेशीलाई निशुल्क उपचार गराउन बिशेष ध्यानाकर्षण गराउदैैँ बिदेशी नागरिकको भिषागत समस्यालाई पनि गम्भीरताका साथ लिन अध्यागमन बिभागलाई अनुरोध गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *