साउदी अरबमा घरेलु श्रमिकलाई ‘सर्भेन्ट’ र ‘मेड’ भन्न बन्देज

news-details

साउदी अरब सरकारले घरेलु श्रमिकलाई ‘सर्भेन्ट’ तथा ‘मेड’ भन्ने शब्द प्रयोग गर्न बन्देज लगाएको छ । यी दुई शब्दले आप्रवासी श्रमिकको स्वाभिमानमा धक्का लागेको भन्दै साउदी अरबको वाणिज्य मन्त्रालयले घरेलु श्रमिकसम्वन्धि विज्ञापनमा ‘सर्भेन्ट र ‘मेड’ भन्ने शव्द राख्न बन्देज लगाएको हो ।

साउदी सरकारका अनुसार यी दुई शव्दको ठाउँमा श्रमिक वा महिला श्रमिक भन्ने शव्द प्रयोग गर्नुपर्नेछ । हाल मध्यपूर्व तथा खाडीका मुलुकहरुमा काम गर्ने घरेलु श्रमिक महिलालाई ‘सर्भेन्ट’ र ‘मेड’ भन्ने चलन छ । त्यसो त यसअघि देखि नै यी शब्दले आप्रवासी श्रमिकको स्वाभिमानमा धक्का पारेको भन्दै यसको आलोचना हुँदै आएको थियो । विशेषगरी श्रमिकको हितमा काम गर्ने अन्तराष्ट्रिय संघ संगठनहरुले यसको कडा विरोध गर्दै आएका छन् ।

यीनै कुरालाई मध्यनजर गर्दै अब कुनै पनि विज्ञापनमा कुनै पनि आप्रवासी श्रमिकको तस्बिर, परिचयपत्र वा व्यक्तिगत पहिचानको कागजातको प्रयोग गर्न साउदी सरकारले बन्देज लगाएको छ ।

घरेलु श्रमिकलाई अमानविय व्यवहार गर्ने मुलुकका रुपमा परिचित साउदी अरबले श्रम क्षेत्र सुधारतर्फउन्मुख भइरहेको छ । केही समयअघि खाडी मुलुक कतारले कफला प्रणाली हटाउँदै न्यूनतम ज्याला समेत तोकिसकेको छ ।

यसरी साउदी अरबमा घरेलु श्रमिकमाथि सम्मानको व्यवहारको थालनी भएसँगै साउदीमा अब ‘नयाँ युग शुरु भएको’ र ‘ऐतिहासिक घटना’ भनेर पनि भन्न थालिएको छ । तर, अहिले नै उक्त कार्य कार्यान्वयनमा आइनसकेकाले नयाँ कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा आउनेमा अझै पनि आशंका भने यथावत नै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *