नेपाल-इजरायल सम्बन्धको ६० वर्ष पूरा

news-details

नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ । इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।

नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलले कृषि प्रविधिमा हासिल गरेको उपलब्धी नेपालको लागि युगान्तकारी हुने विश्वास व्यक्त गरे ।

उनले आगामी आर्थिक वर्षबाट नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स शुरु हुने पनि जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध अरुभन्दा पृथक रहेको बताए । नेपाल र इजरायलबीचको सम्बन्धलाई थप सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले दुई देशबिचमा साझा चुनौतीको सामना गर्न सहकार्यका लागि तयार रहेको बताए ।

१९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएलगत्तै मार्च १९६१ मा इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो । अहिले लाजिम्पाटमा रहेको दुतावाश ६० वर्ष देखि निरन्तर एकै स्थान र घरमा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *