सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहितको टोली नेपालमा

news-details

सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आइपुगेको छ ।

उक्त आरोहण टोली आज नेपाली समय अनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान गरेको थियो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक छन् । सो टोली ८० दिन नेपालमा रहने बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरसविरुद्वको दुइ हजार डोज खोप सहयोगस्वरुप प्रदान गर्न कार्यक्रम छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए ।

राजदूत सुन्दासले पर्वतारोहण सम्बन्धमा बहराइनबाट भैरहेको पछिल्ला प्रयासहरुबाट नेपाल र बहराइनबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *