कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु
- फाल्गुन २८, २०७७
- 0
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ ।
बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो ।
घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन् ।
दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए । लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए ।
-रासस
0 प्रतिक्रिया
‘करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन’
अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित आइकन को […]
मेनपावर व्यवसायीलाई लाग्यो चुनाव : उम्मेदवार छनौटमा सकस
मेनपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि […]
प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको माओवादीको […]
इन्डो नेपाल सुजन म्युजिक अवार्डबाट सर्वोत्कृष्ट नयाँ मोडल विजेता बनिन् रिया रेग्मी
लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले भारतको राजधानी नयाँ दिल्लीमा इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ सम्पन्न भएको छ । […]
महिला टी-२०आई शृंखला : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित
त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले जित हासिल गरेको छ । बुधवार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई […]