एभरेष्ट इन्टरनेशनल स्कुल जापानको शिनओकुबोमा शाखा बिस्तार

news-details

नेपाल सरकारद्वारा मान्यता प्राप्त मुलुक बाहिरको एक मात्र नेपाली शिक्षण संस्था एभरेष्ट इन्टरनेशनल स्कुल जापानले शिनओकुबोमा आफ्नो शाखा बिस्तार गरेको छ ।

नेपालीहरुको बाक्लो बस्ती एवं सहज पहुँच रहेको जापानको नेपाली टाउन मानिने शिनओकुबोमा आगामी शैक्षिक सत्रदेखि पठन-पाठन सुरु गर्ने गरी शाखा बिस्तार गरिएको एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सञ्चालक समितिका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।

सुगिनामी वार्डको ओगिकुबोमा रहेको स्कुलको तल्ला कक्षाहरुमा विद्यार्थीको अत्याधिक चाप बढेकोले ती कक्षाहरुलाई ब्यवस्थापन गर्न शिनओकुबोमा शाखा बिस्तार गरी तैयारी थालिएको हो ।

जेआर शिनओकुबो र ओकुबो स्टेशनको बिचमा पर्ने उपयुक्त लोकेशनमा एभरेष्ट इन्टनरनेशल स्कुलको नयाँ किन्डरगार्टेन शाखा बिस्तार गरिएकोले यस क्षेत्रका स(साना बालबालिकाहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो शाखामा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुल्ला गरिएको पनि एभरेष्ट इन्टरनेसनल स्कुलका प्राचार्य बिष्णु प्रसाद भट्टले बताउनु भयो ।

शिनओकुबोमा नयाँ शाखा बिस्तार गरेसंगै भर्ना हुन आउने नेपाली बालबालिकाहरुका साथै अन्य समुदायका बालबालिकाहरुको संख्यामा पनि बृद्धि हुने बिश्वास गरिएको छ ।

एभरेष्ट स्कुलमा हाल २ सय ६३ जना विद्यार्थीहरु अध्ययनरत छन् । अंग्रेजी माध्यममा पढाई हुने सो स्कुलमा हाल १० कक्षासम्म पढाई भईरहेको छ भने आगामी अप्रिलदेखि ११ र यसैगरी अर्को बर्षको अप्रिलदेखि १२ कक्षासम्म पढाई गरिने लक्ष रहेको छ ।

अंग्रेजी, नेपाली र जापानी गरी तीनवटै भाषा संगसंगै सिक्न सकिने एभरेष्ट स्कुलको बिशेषता मानिन्छ । सुगिनामी वार्डको ओगिकुबोमा आफ्नै निजी भवनमा सञ्चालित स्कुल सन् २०१३ साल अप्रिलदेखि १३ जना विद्यार्थीबाट सुरु भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *