यूएईले ल्यायो विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून

news-details

एजेन्सी / संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून ल्याएको छ । खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन् भनेर नागरिकता दिने कानून ल्याइएको उसले जनाएको छ ।

यूएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतुमका अनुसार नागरिक बन्ने योग्यता राख्ने सक्षम विदेशी व्यक्तिको सुचिमा लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकारहरुलाई राखिएको छ ।

नागरिकता पाउन योग्य विदेशी तथा उनको परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्ने पनि उनले बताए । युएईको विकास यात्रामा आकर्षित गर्न यस्तो कानुन ल्याइएको हो ।

यूएईको राजपरिवारका सदस्य वा अधिकारीले विदेशीलाई नागरिकता दिन सिफारिस गर्नेछन् । त्यसपछि त्यहाँको मन्त्रीपरिषदले आवश्यक निर्णय लिने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *