मलेसियामा पनि संसद विघटन, राजाले गरे संकटकालको घोषणा

news-details

कोरोना भाइरस संक्रमणमा वृद्धि भएपछि मलेसियाका राजा अल सुल्तान अब्दुल्लाहले देशमा संकटकालको घोषणा गरेका छन् । बीबीसीका अनुसार मन्त्रीपरिषदको सिफारिसमा संकटकालको घोषणा गरिएको हो । राजा सुल्तानले प्रधानमन्त्री मिउद्दिन यासिनलाई संसद विघटनको अधिकार पनि दिएका छन् ।

अगस्ट १ सम्म मलेसियामा भाइरसविरुद्ध संकटकालको लागु हुने भएको छ । उक्त बेलासम्म मलेसियाले भाइरसलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएको छ । तर, आलोचकहरु चाहिँ मिउद्दिनको कमजोर सरकारलाई टिकाउनको लागि राजाले संसद विघटनको अधिकार दिएको बताउँछन् ।

कमजोर बहुमतको साथमा प्रधानमन्त्री मिउद्दिन गत मार्चमा सत्तामा आएका थिए । तर, सत्तारुढ अन्य पार्टीले अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएपछि प्रधानमन्त्रीले संसद विघटनको उपाय खोजिरहेका थिए । ५० वर्षमा मलेसियामा राजाले संकटकाल लागु गरेका हुन् । बीबीसीले यो संकटकाल लागु हुने निर्णयसँगै संसद विघटन भएको र सरकारको हातमा शक्ति केन्द्रित भएको जनाइएको छ ।

टेलिभिजनबाट देशको नाममा सम्बोधन गर्दै राजा अब्दुल्लाहले संसद विघटन र संकटकाललाई सैनिक कूको रुपमा नबुझ्न आग्रह गर्दै कोरोनाभाइरस नियन्त्रणमा आएपछि चुनाव गर्ने बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *