खाडी मुलुक कतारमा सामाजिक कार्य गर्दै आइरहेको संखुवासभा समाज कतारको दोश्रो साधारण सभाले दोर्ण कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

‘संखुवासभालीको पहिचान, बिश्व सामु चिनाउने हाम्रो अभियान’ भन्ने मुलनारालाई आत्मासाथ गर्दै २०१६ मा स्थापना भएको संखुवासभा समाज कतारको २५ डिसेम्बर, २०२० का दिन स्थापना दिवस सहित दोश्रो साधारण सभा सम्पन्न गर्दै नयाँ नेतृत्व चुनेको हो ।

कोरोना महामारीका बीचमा पनि सामाजिक दूरिकायम गर्दै सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष लोक बहादुर राईको सभापतित्वमा, प्रमुख सल्लाहकार नरेश श्रेष्ठ प्रमुख आतिथि, सल्लाहकार तेज मोक्तान बिशेष अतिथि लगायत पुर्व सल्लाहकार सदस्यहरु, पुर्व पदाधिकारी तथा सदस्यहरु तथा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाको लागि अहोरात्र खटेर संस्थालाई यहाँ सम्म ल्याउनको लागि तनमन र सदैब साथ सहयोग गर्नु हुने प्रमुख सल्लाहकार नरेश श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थाका सदस्य तथा राष्ट्रिय भलिबल खेलाडी साथै हाईजम्प साफ गेम तर्फका स्वर्ण पद्क बिजेता भिम बहादुर थापालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

संखुवासभा समाज कतारको अध्यक्षमा कार्की

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले सस्था संचालक गर्ने बिबिध चुनौती आएपनि सामना गर्दै अगिबढ्नु पर्ने र नयाँ निर्बाचित भएर आउने समितिले संखुवासभा समाज कतारले प्रवास कतारमा रहेका जिल्ला बासी सहित नेपाली समाजको हित गर्ने कार्यमा अझै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण महासचिव निरन नेपालले गरेका थिए ।

संखुवासभा समाज कतार नव निर्वाचित पदाधिकारी

अध्यक्ष :दोर्ण कार्की

प्रथम उपाध्यक्ष : निरन नेपाल

द्वित्तिय उपाध्यक्ष : बिष्णु श्रेष्ठ

महासचिव : पदम सिंखडा

सचीव :ज्ञानु राई

सचीव : बिरेन मादेन

कोषाध्यक्ष : राजेन्द्र खनाल

सहकोषाध्यक्ष : भुपाल अधिकारी

सदस्यहरु:

भिम ब थापा

अशोक न्यौपाने

शंकरमान राई

मान ब तामाङ्ग

लोकेन कार्की

सरु याख्खा

युवराज कालाखेती