सन्तोष साह बीबीसी मास्टरसेफको फाइनल राउण्डमै सीमित

news-details

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उपाधि जित्नबाट चुकेका छन ।

बिहीबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित फाइनल प्रतियोगितामा सन्तोष र ३३ वर्षका बार्ट भान डेर लीलाई पछि पारेर बेलायतका २५ वर्षीय एलेक्स वेबले उपाधि जितेका हुन ।

अन्तिमसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्व सामु पस्किन पाएकोमा आफु खुशी रहेको साहले प्रतिक्रिया दिएका छन ।

प्रतियोगिताको प्रत्येक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जितेका साहले फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको बताए । ३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् ।

साहले ट्रफी हात लगाउनु मात्र जित होइन भन्दै आफूले निर्णायक र नेपालीको मन जितिसकेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *