कतारले कोरोना प्रभावित नेपाली परिवारलाई सहयोग गर्ने

news-details

कोरोना महामारीका कारण कतारमा समस्यामा परेका नेपाली समुदायका परिवारलाई कतारले सहयोग गर्ने भएको छ ।

कतारमा रहेको सामाजिक संस्था कतार च्यारेटीले खाद्यान्न (फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारलाई सहयोग गर्न लागेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जनाएका छन् ।

कतारमा सहयोगको आवश्यकता पर्ने सबै नेपाली परिवारलाई आफ्नो पूरा नाम थर, कतार आईडी नम्बर, परिवारको सदस्य संख्या र कतार आईडिको प्रतिलिपी एनआरएनएको इमेलमा पठाउन अध्यक्ष मुक्तादाले आह्वान गरेका छन् । एनआरएन कतारको इमेल आइडी [email protected] मा पठाउन अनुरोध गरिएको छ ।

कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले परोपकारी संस्था कतार च्यारिटीमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित आप्रवासी श्रमिकहरुलाई यसअघि पनि एनआरएन कतार मार्फत सहयोग उपलब्ध गराइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *