मलेसियामा भोलिदेखि क्वालालाम्पुर, पुत्राजय, सेलेंगर र सावाह राज्यमा फेरि लकडाउन घोषणा

news-details

कोभिड १९ लाई नियन्त्रणमा आइसकेको मलेसियामा फेरि संक्रमितको संख्या बढ्न थालेपछि भोलि बुधबारदेखि लकडाउन हुने भएको छ । मलेसियाको क्वालालाम्पुर, पुत्राजय, सेलेंगर र सावाह राज्यमा २७ अक्टोवरसम्म लकडाउन गर्ने भएको हो ।

मलेसियामा एकाएक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन घोषणा गरिएको जानकारी मलेसियाका सिनियर सुरक्षामन्त्री स्माइल सब्री याकोवले दिएको मलेसियाका संचार माध्यमले उद्धत गरेका छन् ।

मलेसियाका मूख्य र व्यापारिक राज्यमा लकडाउन घोषणा गरिएपछि त्यहाँका जनता प्रभावित हुने भएका छन् । मलेसियामा आइतवारसम्म १६ हजार २२० संक्रमित भेटिएको र १५९ जनाले ज्यान गुमाएका जनाइएको छ ।

मलेसियाले लकडाउन घोषणा गरेपछि त्यहाँ कार्यरत नेपालीहरु पनि प्रभावित हुने भएका छन् । यद्यपी यस पटकको लकडाउन पहिलाको जस्तो कडा नहुने जानकारी मलेसियामा रहेका नेपालीको बुझाई छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *