कोरियामा रहेका दुई भाग्यशाली नेपालीले कोरियन एयरको निशुल्क टिकट उपहार पाएपछि खुशी हुँदै स्वदेश उडेका छन् ।

कोरियन एयरको उडानबाट २ सय ४ जनासहित उनीहरु अक्टुवर ९ तारिख शुक्रवार स्वदेश उडेका हुन् ।

कोरियामा रहेको केएमई ट्राभल्स एण्ड टुर्स, नेपालको युनिभर्सल ट्राभल्सको व्यवस्थापनमा कोरियन एयरले दशै अफर अन्तर्गत भाग्यशाली दुई जनालाई निशुल्क टिकट उपलब्ध गराएको हो ।

कोरियन एयरको निशुल्क टिकट पाउने भाग्यशाली नमराज न्यौपाने र केशब खनाल बनेका छन् । उनीहरुले पहिला नै टिकट लिइसकोले टिकट बापतको रकम विमानस्थलमा नै हस्तान्तरण गरिएको केएमई ट्राभल्सले जनाएको छ ।

टिकट बापतको रकम केएमई ट्राभल्सका संचालक विनोद कुँवरले न्यौपाने र खनाललाई हस्तान्तरण गरेका थिए ।

कोरियन एयरको निःशुल्क टिकट उपहार पाएपछि न्यौपाने र खनाल मख्ख, शुक्रवार २ सय ४ जनासहित स्वदेश उडे

‘बल्ल बल्ल टिकट पाएर नेपाल जान लाग्दा अझ निशुल्क नै टिकट पाउँदा धेरै भाग्यमानी महसुस गरेका छौ’ टिकट बापतको पैसा लिदै न्यौपाने र खनालले खुशी व्यक्त गरे ।

कोरियामा रहेका नेपालीहरुले केएमई ट्राभल्सलाई विषम परिस्थितिमा समेत विश्वास गरि सेवा गर्ने मौका दिएकोमा आभार व्यक्त गर्दै संचालक कुँवरले भने–‘हामी भोलिका दिनमा अझ धेरै अफर ल्याउने छौ, त्यसैगरी हवाई भाडा पनि सस्तो र सुलव बनाउन लाग्नेछौ ।’

विश्व ब्यापीरुपमा देखिएको कोभिड १९ महामारीका कारण हवाई उडान स्थगित भै नेपाल जान नपाएका र नेपालबाट कार्यस्थल दक्षिण कोरिया फर्कन नसकेका नेपालीहरुलाई कोरियन एयरको चार्डर उडानमार्फत उडान सहजीकरण गर्दै आएको केएमई ट्राभल्सले आफ्नो सेवा अझ विस्तार गर्दै आएको छ ।

 

कोरियामा केएमई ट्राभल्सको दशैं विशेष अफर, चाडवाड मनाउन कोरियन एयरबाट स्वदेश फर्कने अवसर