कुवेती सरकारद्वारा राजीनामा
- अशोज २१, २०७७
- 0
कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजीनामा दिएको छ ।
प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाएका हुन् ।
आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजीनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ ।
कुवेती अमिरले प्रधानमन्त्री र उनको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जनाउँदै संविधान बमोजिम आगामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
कुवेतमा आगामी नोभेम्बर महिनाको अन्त्यमा आम निर्वाचन हुँदैछ ।
रासस
0 प्रतिक्रिया
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन पुस २० गते
नेपाल राष्ट्रिय व्यवसायी महासंघले पौष २० गते सातौं साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आइतबार काठमाडौंमा […]
प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस
प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेले राईलाई सचिवका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका […]
राष्ट्रपतिद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
सहकारी सम्बन्धी अध्यादेश जारी भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने […]
लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा सप्तपातल पोखरी र आर्मीबाट फिर्ता लिइएको ३० रोपनी जग्गासहित ४५ रोपनी क्षेत्रमा पोखरी र […]
जेजु विमान दुर्घटनामा १७९ जनाको मृत्यु, २ जनामात्र बाँच्न सफल
दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ । ६ जना चालक […]