शेख नवाफ बने कुवेतका नयाँ राजा
- अशोज १४, २०७७
- 0

एजेन्सी / कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ वर्षको उमेरमा निधन भएपछि उनी नयाँ राजा चयन भएका हुन् ।
जुलाईदेखि अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका शबाहको उपचारकै क्रममा निधन भएको हो । ८३ वर्षका शेख नवाफ अल–अहमद मृत्यु भएका शेखका सौतेनी भाइ हुन् ।
राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए । सोही समयमा सौतेनी भाइ उत्तराधिकारी घोषित भएका थिए । शेख नवाफ राजा चयन भएलगत्तै आगामी हप्तादेखि कुवेतमा उनको उत्तराधिकारीको बारेमा छलफल हुनेछ ।
नयाँ राजा सामु तेल उत्पादनमा रहेको विरासतलाई कायमै राख्न चुनौती रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९८० मा उनले आफु सहित अपहरण भएको विमान र यात्रु सकुसल रिहा गराएका थिए ।
0 प्रतिक्रिया
एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट सुरु

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका […]
नेपालगञ्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण […]
आज चार संसदीय समितिको बैठक बस्दै

आइतबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक […]
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद नेपाल अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आइतबार दिनको १ बजे बैठक बस्न लागेको हो । […]
आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे […]