राजदूत पराजुली र ओमानका श्रममन्त्री डा. अलि बाउइनबीच भेटवार्ता

news-details

ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमानका श्रममन्त्री डा महद बिन सईद बिन अलि बाउइनबीच भेटवार्ता भएको छ ।

मन्त्री अलि बाउइनको कार्यकक्षमा भएको शिष्टाचार भेटमा राजदूत पराजुलीले ओमानका सुल्तानद्बारा श्रम मन्त्रीको रुपमा नियुक्त गरेकोमा मन्त्री बाउइनलाई बधाई ज्ञापन गरेको नेपाली दूतावास ओमानले जानकारी दिएको छ ।

सो अवसरमा मन्त्री अलि बाउइनले ओमानको परराष्ट्र नीति, श्रम नीति तथा जनशक्तिको अवस्था लगायत अब आउने दिनमा ओमानको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा राजदूत पराजुलीलाई जानकारी गराउँदै ओमानमा कार्यरत नेपाली कामदारको प्रशंशा गरेका थिए । साथै उनले आगामी दिनमा नेपाली कामदारहरुको संख्या बढाउने गरि अझै बढी सहकार्य गर्न ईच्छुक रहेको बताएको पनि नेपाली दूतावास ओमानले जानकारी दिएको छ ।

भेटवार्ताका क्रममा राजदूत ढकालले नेपालको हालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा मन्त्री बाउइनलाई जानकारी गराउदै हाल नेपालले लिएको उद्देश्य “सुखि नेपाली सम्बृद्ध नेपाल” लाई कार्यान्वयन गर्न अख्तियार गरेका रणनीति एवं कार्ययोजनाहरुबारे जानकारी गराएकी थिइन ।

राजदूत ढकालले ओमानमा रहेका नेपाली श्रमिकहरुको संख्या तथा अवस्थाकाबारेमा पनि मन्त्री अलि बाउइनलाई अवगत गराउँदै सन् २०२० को शुरुमा नेपालको संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्धारा ओमान लगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरि पेश गरेको ओमान सम्बन्धी प्रतिवेदनको बारेमा जानकारी गराएकी थिइन । साथै राजदूत पराजुलीले नेपाल र ओमानबीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराएको पनि दूतावासले जनाएको छ ।

उक्त अवसरमा राजदूत पराजुली र मन्त्री अलि बाउइनले नेपाल र ओमानबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावास ओमानले जानकारी दिएको छ ।

उक्त भेटमा ओमानको श्रम मन्त्रालयको तर्फबाट पदाधिकारीहरु तथा दूतावासकोतर्फबाट द्धितीय सचिव सोमेश थापा र श्रम सहचारी दिनेश ढकाल सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *