ढोरपाटनका बाढी प्रभावितलाई गल्कोट समाज जापानको नगद सहयोग

news-details

ढोरपाटन नगरपालिकाका बाढी तथा पहिरो प्रभावितहरुका लागि एनपिओ गल्कोट समाज जापानले २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ राहत सहयोग गरेको छ ।

गल्कोटका अधिकांश नागरिकहरु रोजगारीका लागि जापानमा रहेका र ढोरपाटन नगरपालिकामामा परेको बिपतमा सहायता गर्न समाजको अग्रसरतामा सहयोग संकलन अभियान संचालन गरेर उक्त रकम जुटाएको समाजका अध्यक्ष दिलु खत्रीले बताए ।

समाजका पदाधिकारी, सदस्यहरु तथा जापानवासी नेपालीहरुबाट संकलित २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेमार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराइएको हो । उक्त रकमको भौचर हस्तान्तरण गर्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले उक्त राहतको सहि सदुपयोग गर्न अनुरोध गरेका छन ।

सो अबसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले अहिले प्राप्त सहयोग रकमले बाढी तथा पहिरो प्रभावितहरुका लागि ६ ओटा घर गल्कोट समाज जापानको नाममा निर्माण गरिदिने प्रतिबद्धता ब्यक्त गरे ।

उन गल्कोट नगरपालिकाबाट बिभिन्न संघसंस्था तथा ब्यक्तीहरुबाट गरी हाल सम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको बताउदै सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गरेका छन ।

गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले पीडितहरुको घाउमा मल्हम लगाउने उद्धेश्यले समाजले संकलन गरेको रहत रकमलाई सहि सदुपयोग गर्दै, नगरको प्रतिबद्धता बमोजिम तत्कालै आवास निर्माण गरी हस्तान्तरण गर्न आग्रह गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *