यूएईमा नेपाली युवा लामाले संचालनमा ल्याए ‘गार्डेन साइड रेष्टुरेण्ट’

news-details

युएईमा नेपाली युवा भिमराज लामाले नेपाली कला, संस्कृति र स्वाद पस्कने उद्देश्यसहित अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेण्ट ‘गार्डेन साइड रेष्टुरेण्ट’ संचालनमा ल्याएका छन ।

विगत १ दशक भन्दा लामो समयदेखि युएईको प्रख्यात पाचतारे होटल ‘मेरियट’मा सिनियर सुपरभाइजरकोरुपमा कार्यरत काभ्रेपलाञ्चोक रोशी गाउपालिका खहरेपाङ्गुका भिमराज लामा एक्लैले ‘गार्डेन साइड रेष्टुरेण्ट’ संचालनमा ल्याएका हुन ।

युएईको अवुधावीस्थित हमदान स्ट्रेटमा रहेको अलसलामा हस्पिटलसँगैको टुरिष्ट क्लब हातामा संचालनमा ल्याइएको ‘गार्डेन साइड रेष्टुरेण्ट’मा नेपाली अर्गानिक खानेकुराका साथै इन्डियन तथा चाइनिज फुडसमेत चाख्न सकिने संचालक लामाले जानकारी दिएका छन ।

लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा काम गरेको अनुभव, सीप र ज्ञान उपयोग गर्दै विदेशी भूमिमा नेपाली रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक लामा बताउछन । उनले रेष्टुरेन्टमा ब्रेकफास्ट, लन्च, खाजा, डिनरदेखि लिएर स्पेशल मेन्युकारुपमा टिपीकल नेपाली स्वादका खानेकुरा तथा नेवारी खाजा सेटसम्म उपलब्ध रहेको बताए ।

पूर्णतया पारिवारिक, शान्त तथा आरामदायी वातावरण, ताजा र गुणस्तरयुक्त खाना तथा उच्चस्तरको सेवा रहेको रेष्टुरेन्टमा परिवार या साथिभाई सँगै बसेर स्पेशल नेपाली स्वाद चाख्न तथा भेटघाट, सेमिनार र सेलिब्रेशन समारोहसमेत गर्न सकिने संचालक लामा बताउँछन ।

यस्तै रेष्टुरेन्टले संचालन सुभारम्भको अवसर पारेर निःशुल्क होम डेलिभरी सेवा दिएको पनि संचालक दोङ बताउछन । आगामी दिनमा रेष्टुरेन्टले ग्राहकवर्गका लागि थप सेवा, सुविधा थप्दै लैजाने जानकारी दिदै संचालक लामा व्यवसायिकतासँगै गुणस्तर र सेवा–सुविधामा कुनै पनि कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्दछन ।

‘सुरुवातमै ग्राहकवर्गले देखाउनुभएको मायाले हामीलाई थप हौसला प्रदान गरेको छ, हामी विश्वास दिलाउँछौकी गुणस्तर, सेवा र सुविधामा हामी कुनै पनि सम्झौता गर्ने छैनौ’ संचालक लामा भन्छन –‘यस्तै साथ आगामी दिनमा पनि रहदै गएमा यसलाई नेपाली ब्रान्डका रुपमा युएईका अन्य शहरमा पनि विस्तार गर्नेछौ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *