कतारमा १० बर्षबढि काम गरेका दुई नेपालीले पाए नगद पुरस्कार

news-details

एउटै कम्पनीमा इमान्दारीपूर्वक १० बर्षभन्दा बढि काम काम गरे बापत कतारको प्रतिष्ठित कम्पनीले दुई नेपालीलाई नगद पुरस्कार प्रदान गरेको छ ।

नासर अल अली इन्टरप्राइजेज कतारले आफ्ना दुई नेपाली कामदार नजामुद्दिन कवारी र देवप्रसाद राईलाई इमान्दारिता र उत्कृष्ट काम गरेवापत् जनही १५ हजार रियाल पुरस्कार प्रदान गरी सम्मानित गरेको हो ।

सन् २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् । गरिव परिवारबाट आएका कवारीले सो कम्पनीमा काम गरेर आर्थिक सुधार समेत गरेकाछन् । उनले पाएको १५ हजार इनाम अव आफनो छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने बताए । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन् ।

नासर अली अल अली, कम्पनीका मालिक नासर अल अली हुन् । उनले आफ््ना कामदारको मनोवल उच्च राख्न यस्ता सम्मान प्रदान समयसमयमा परिरहेका हुन्छन् ।
कम्पनीका मालिक आफ्नो रोजगारदाता मात्र नभई अविभावक पनि भएको कवारीको भनाई छ । उनी भन्छन्–‘यस कम्पनीमा काम गर्न पाउनु मेरो आफनो अहोभाग्य हो ।’

अर्का १५ हजार इनाम पाउने नेपाली देवप्रसाद राई पनि २००९ देखि सोही कम्पनीमा काम गर्दै आएका छन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका निम्न पारिवारिक पृष्ठभुमीका राई पनि अहिले ट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेका छन् । नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने राईले कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताए ।

कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउदा आफुलाई खुशी लागेको बताएका छन् । कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको विचमा गाढा सम्बन्ध हुने र कामदारहरुपनि प्रोत्साहित हुने अलीको भनाई छ ।

आफना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुर्याएकाछन् । उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकनस्वरुप गर्दै आएको बताउदै आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले पनि सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको अलीले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *