राजदूत पराजुली र ओमानका सम्पदा तथा पर्यटनमन्त्री अल मरहुक्कीबीच भेटवार्ता

news-details

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीबीच बिहीबार भेटवार्ता भएको छ ।

मन्त्री मरहुक्कीको कार्यकक्षमा भएको उक्त शिष्टाचार भेटवार्तामा राजदूत पराजुलीले नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएकी थिइन ।

सो अवसरमा राजदूत पराजुलीले मन्त्री मरहुक्की लगायत ओमान सरकारसँग पर्यटन प्रबद्र्धनमा सहकार्यका लागि अनुरोधसमेत गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटवार्तामा ओमानी सम्पदा मन्त्री मरहुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् सांस्कृतिक विविधताको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा सहकार्य गनेए प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले गत डिसेम्बरमा भएको सङ्ग्रहालय सम्बन्धी सम्झौताबारे चासो राख्दै निकट भविष्यमा पर्यटन क्षेत्रमा पनि यसरी नै सहकार्य गरेर अघि बढने बताउदै ओमानको पर्यटन प्रबद्र्धनमा नेपाली जनशक्तिको पनि राम्रो योगदान रहेकोमा प्रसन्नता व्यक्त गरेको नेपाली दूतावास ओमानले जानकारी दिएको छ । ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *