जापानमा नेपाली अर्गानिक स्वाद फैलाउँदै अधिकारी

news-details

नेपाली अर्गानिक स्वाद फैलाउने उद्देश्यसहित नेपाली व्यवसायी केशव अधिकारीले जापानमा रेष्टुरेन्ट व्यवसाय सुरु गरेका छन ।

जापानको कामाता स्टेशन नजिकै गत जुन १५ देखि संचालनमा ल्याइएको ‘चौतारो’ नेपाली रेष्टुरेन्टले सुरुवाती समयमै धेरै ग्राहकहरुलाई आकर्षित गर्न सफल भएकोमा आफुलाई थप हौसला मिलेको संचालक अधिकारीले बताए ।

नेपाली कला संस्कृति झल्कने गरी सजाइएको रेष्टुरेन्टमा झण्डै साढे ४ करोड लगानी भएको र रेष्टुरेन्टले मासिक १ करोडको कारोवार गर्ने लक्ष्य राखेको संचालक अधिकारीको भनाई छ । रेष्टुरेन्टसँगै नेपाली अर्गानिक तरकारी तथा खाद्यान्न विक्रिका लागि स्टोरसमेत संचालनमा रहेको छ ।

चौतारो रेष्टुरेन्टमा हलाल फुडका साथै फर्सिका मुन्टा, साग, घिरौला, सिमी, लौका, खुर्सानी, काँक्रा, खसीको मासु जस्ता नेपाली अर्गानिक तरकारीका साथै टिपिकल नेपाली लोकल चामलको खाना र नास्ता स्पेशल मेन्युकारुपमा रहेको अधिकारीले बताए ।

‘हामीले रेष्टुरेन्ट र स्टोरका लागि अर्गानिक तरकारी उत्पादन गर्न आफैले फार्महाउस समेत संचालनमा ल्याएका छौ’ अधिकारीले भने –‘हामीले जापानमा रहेका नेपालीलाई मात्र नभएर विदेशीलाईसमेत अर्गानिक नेपाली स्वाद र नेपाली कलासंस्कृतिमा लोभ्याउन भरपूर मेहनत गरेका छौ ।’

रेस्टुरेन्टमा पूर्णतया पारिवारिक वातावरण रहेको र परिवारसहित बसेर नेपाली स्वाद चाख्न पाइनेका साथै विभिन्न सेमिनार, कार्यक्रम तथा समारोहसमेत आयोजना गर्न सकिने संचालक अधिकारीले बताए । रेष्टुरेन्टमा क्यबिनसहित करिब २५० जना अट्न सक्ने क्षमता रहेको छ ।

संचालनको अवसर पारेर चौतारो रेष्टुरेन्टले नेपाली ग्राहकहरुको हकमा निःशुल्क रेमिट्यान्स सुविधा पनि उपलब्ध गराएको छ ।

धादिङ स्थायी घर भएका व्यवसायी अधिकारी जापानमा विभिन्न व्यवसायका अलवा सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *