मलेसियामा बिरामी भएर अशक्त बनेका लिम्बू जनउद्धार केन्द्रको पहलमा स्वदेश आइपुगे
- भदौ १४, २०७७
- 0
जनउद्धार केन्द्र मलेसियाले बिरामी भएर अशक्त बनेका धनकुटा राजारानीका नन्दकुमार लिम्बूलाई उद्धार गरेर स्वदेश फर्काएको छ ।
मलेसियाकै अस्पतालमा उपचार गराइरहेका लिम्बूको आर्थिक अभाबका कारण डिस्चार्ज हुन नसकेको सुचना पाएपछि जनउद्धार केन्द्रले नेपाली दूतावास क्वालालाम्पुरसँगको सहकार्यमा अस्पतालबाट उपचार खर्च मिनाहा गराउन सफल भएको थियो ।
केन्द्रका अध्यक्ष केशु थापा स्वयं अस्पताल पुगेर लिम्बुको उद्धार गरेका थिए । उद्धार लगत्तै अवैधानिक रुपमा मलेसियामा रहदै आएका लिम्बुको स्वदेश फिर्तिका लागि पहल थालेको केन्द्रले एक सहयोगीका साथ उनलाई नेपाल फर्काउन सफल भएकोमा खुसी ब्यक्त गरेको छ ।
आज अगष्ट ३० मा क्वालालाम्पुर विमानस्थलबाट हिमालयन एअरलाइन्सको चार्टर उडानमार्फत स्वदेश अवतरण गरेका नन्दकुमार लिम्बू र उनका सहयोगी मोहन सुब्बालाई पुर्याउन केन्द्रका अध्यक्ष केशु थापा र कोषाध्यक्ष देबेन्द्र गिरि विमानस्थलसम्मै पुगेको र स्वदेश फर्काइएका दुवै जनाको हवाईभाडा केन्द्रकै पहलमा व्यवस्था गरिएको केन्द्रले जानकारी दिएको छ ।
लिम्बुको स्वदेश फिर्तिका लागि घुम्टे युवा परिवार जापान शाखाको पहलमा बाग्लुङ गल्कोटकबासीहरुले आर्थिक सहायता उपलब्ध गराएकोमा केन्द्रका अध्यक्ष केशु थापाले सहयोगी मनहरु सबैलाई आभार प्रकट गरेका छन ।
‘नन्दकुमारलाई कुनैपनी हालतमा घर फर्काउने संकल्प लिएका थियौं, त्यसैको दौरान कयौं पटक अस्पताल, अध्यागमन लगायत विभिन्न निकायहरुमा धाउदा पाएको र दिइएको सास्ति आज उनलाई बिमान्स्थल प्रबेश गराएर फर्कदा सबै भुलेको छु ।’ केन्द्रका अध्यक्ष थापाले भने, ‘भर्खर उनी र उनको सहयोगी भाइ मोहनले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेर सकुसल अवतरण गरेको बताउदा निकै खुसी लागेको छ अब उनी छिटोभन्दा छिटो निको हुन भनि प्रार्थना गर्दृछौ।’
लिम्बुलाई उद्धार तथा स्वदेश फिर्तिका लागि कागजी तथा प्रसासनिक सहयोग गर्ने नेपाली दूतावास मलेसिया, अध्यागमन केन्द्र लगायत खर्च उपलब्ध गराउन भुमिका खेल्ने मोहन सुब्बा, नन्दकुमार लिम्बुका साथीहरू र आफन्तजनलाई पनि जनउद्धार केन्द्रले आभार प्रकट गरेको छ ।