शेर्पा संघ यूकेका अध्यक्षको कोराना संक्रमणबाट निधन
- भदौ ९, २०७७
- 0
शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ ।
भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लन्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।
गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लन्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।
एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक रहेका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका बुबाआमा भने नेपालमै छन् ।
0 प्रतिक्रिया
यसरी मनाइयो १२औँ टोपी दिवस (तस्बिरहरु)
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘नेपाली […]
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ः१५मा बस्दै […]
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, भावी योजनाबारे जानकारी दिने
नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की […]
मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघ नियन्त्रणमा
मकवानपुरको मनहरी गाउँपालिकामा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिईएको छ । आइतबार साँझ मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ बर्षीया कान्छिमाया रुम्बाको […]
आजदेखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु
ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् […]