जनउद्धार केन्द्रले अस्पतालमै पुगेर गर्‍यो लिम्बुको उद्धार, घरफिर्ति केन्द्रबाट थप १ को उद्धार

news-details

पैसाको अभावमा अस्पतालको सैयामा छट्पटाई रहेका एक नेपाली युवा र घरफिर्ति केन्द्रमा टिकट अभाबमा स्वदेश फर्कन नसकेका अर्का एक नेपालीलाई जनउद्धार केन्द्रको सहयोगमा उद्धार गरिएको छ ।

धनकुटा राजारानीका नन्दकुमार लिम्बू करिब १ महिना अघि कार्यस्थलमै अकस्मात ढल्न पुगेपछि अस्पताल पु¥याइएकोमा उनलाई प्यारालाइसिस भएको पत्तो लागेको थियो । अबैधानिक हैसियतमा रहेका लिम्बुलाई यसपछि विभिन्न चरणको अप्रेसन गर्नुपर्दा चरम आर्थिक समस्या रहेको गुनासो जनउद्धार केन्द्रमा पुगेपछि केन्द्रले उनको सहायताका लागि पहल थालेको थियो ।

केन्द्रका अध्यक्ष केशु थापासहितको उद्धार टिम पटक–पटक बिरामिको अबस्था बुझ्न् र अस्पतालसँग उपचार खर्च मिनाहाको आग्रहका लागि अस्पताल पुगेको केन्द्रका सचिव शंकरदेब आचार्यले बताए । आचार्यले भने –‘नेपाली दूतावास क्वालालाम्पुरसँगको सहकार्यमा अस्पतालमा पीडित युवाको उपचारवापत लागेको ९ हजार २ सय सत्र रिंगेट मिनाहा गराई बिरामी डिस्चार्ज गराउन सफल भएका हौ ।’

हाल बिरामी नन्दकुमार लिम्बू साथीहरूको सहारामा बसेका र उनलाई स्वदेश फर्काउने पहल तिब्र गतिमा गरिएको केन्द्रका अध्यक्ष केशु थापाले बताए । ‘पीडित बिरामी अबैधानिकरुपमा लामोसमय मलेसियामा बसेको हुनाले यहाँको सरकारी नियम र कागजातको प्रक्रिया लामो र झन्झटिलो भएको छ, मलेशिया अध्यागमनको प्रक्रिया पूरा हुनेबित्तिकै हामी उहाँलाई नेपाल फर्काउने छौ’ अध्यक्ष थापाले भने ।

त्यसैगरी, बागलुङ गल्कोटका जितवहादुर कामी लामो जेल जीवन बिताएर पेराक राज्यको ब्लान्तिक क्याम्प (घरफिर्ती केन्द्र)मा टिकटको अभावमा रहेको र घर परिवारको आर्थिक अवस्था कम्जोर भएको थाहा भएकाले केन्द्रले आफ्नै खर्चमा टिकट लगायत प्रक्रिया पूरा गराई अगस्ट १० को उद्धार उडान मार्फत स्वदेश फर्काइएको जनउद्धार केन्द्र मलेसियाले जानकारी दिएको छ ।

केन्द्रका अध्यक्ष थापाले यस कार्यमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्य केन्द्रले जारी राख्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *