म्याग्दी कांग्रेसको बाढीपहिरो राहत कोषमा आयरल्याण्डबाट १ लाख

news-details

नेपाली कांग्रेस म्याग्दीले स्थापना गरेको बाढीपहिरो राहत कोषमा नेपाली जनसम्पर्क समिति आयरल्यान्डले १ लाख रुपियाँ सहयोग गरेको छ ।

म्याग्दीका रेशम रोकाको संयोजत्वमा आयरल्यान्ड संकलन गरेको १ लाख रुपियाँ राहत कोषको लागि पठाएको हो ।

धवलागिरी ६ मराङ्ग, मालिका गाउँपालिका ७ बिम, लगायतका ठाउँमा गत असार २५ गते गएको बाढीपहिरोले घरबास गुमाएका र विस्थापित भएका पीडितहरूलाई राहत दिलाउनका लागि सुरु भएको राहत कोषमा सहयोगी दाताहरूबाट संकलन गर्ने अभियान जारी राखेको नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधव प्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार हालसम्म कांग्रेसले विभिन्न ठाउँमा १० लाख बराबारको राहत वितरण गरेको छ । राहत संकलन अझै केही दिन चल्ने र वितरण पनि जारी रहने कांग्रेसले जनाएको छ ।

देश तथा विदेशबाट उल्लेख्य सहयोग जुटेको र सोही सहयोग पीडितकै घर दैलोमा पुगेर वितरण गरेको पार्टी सभापति खम्बिर गर्बुजाले बताए । उनले कांग्रेसले थालनी गरेको अभियानमा सहयोग गर्ने सहयोगदातालाई धन्यवाद समेत दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *